२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जेलको कमाइबाट परिवार पाल्छन् रोल्पाका कैदी

२०७३, २३ कार्तिक मंगलवार ०७:०३

कात्तिक २३, रोल्पा । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन् । 

आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन् । समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौँ, कैदी खिमबहादुर थापाले बताउनुभयो । 

मासिक प्रतिव्यक्ति रु ५/६ हजार आम्दानी गर्ने गरेको कैदीले बताएका छन् । घरको कमाइ गर्ने मूलमान्छे नै कारागार बस्नु पर्दा जीविकोपार्जनमा समस्या भोगिरहेका कैदीका परिवारलाई सो आम्दानीले दैनिक कामकाजमा निकै सहयोग गरेको अर्का कैदी मेखबहादुर रोकाले बताउनुभयो । 

महिला कैदीले भने साधनको अभावमा चाहेर पनि स्वरोजगारमूलक काम गर्न नपाएको गुनासो गरेका छन् । “स्वरोजगारका लागि सिलाइकटाइ गर्ने चाहनाअनुसार जिल्लाका राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई समेत पटकपटक व्यवस्था गरिदिन अनुरोध ग¥यौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन”, नाइके मनिसरा विकले दुखेसो पोख्नुभयो । 

जेलभित्र उत्पादित सामान गुणस्तरीय हुने भएका कारण ग्राहक सामान खरिदका लागि कारागारमै आउने गरेको तथा बढी भएका सामान घर्तीगाउँ, सुलिचौर, लिवाङलगायतका स्थानीय बजारमा पठाउने गरेको कैदीले बताएका छन् । 

जिल्लाको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै उपहार दिँदा वा सम्मान गर्दा कारागारभित्र उत्पादित ढाकाटोपी, सल आदि प्रयोग गर्ने प्रचलन समेत रोल्पामा बढ्दै गएको छ । रोल्पा कारागारमा हाल ६७ पुरुष, १० महिला कैदीसहित तीन जना नाबालक रहेको चौकीदार हुकुम बुढामगरले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा