२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

लाभग्राहीमा नाम छुटेकामा विरोध

२०७३, २३ कार्तिक मंगलवार ०७:५१

कात्तिक २३, भक्तपुर । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले गाउँ गाउँमा अनुदान पाउने लाभग्राहीको नाम टाँसेपछि लाभग्राहीमा आफ्नो नाम छुटेका भूकम्पपीडितले आज विरोध गरेका छन् । 

भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीका सूचीबाट हटाइएको र दुई तथा काठमाडाँैमा समेत घर भएकाको नाम भने समावेश गरिएको जनाउँदै पीडितले समितिको कार्यालयमा आएर विरोध गरेका छन् । 

भक्तपुरका भूकम्प प्रभावितलाई आगामी बिहीबारदेखि पहिलो किस्ताको अनुदान रु ५० हजार वितरण सम्झौता गरिने गरी लाभग्राहीको नाम टाँस गरिए पनि नाम छुटेका पीडितले नाम समावेश गर्न माग गरेका छन् । 

भूकम्पपीडितको रातो परिचयपत्र तथा पुनःसर्वेक्षणको सेतो कागज पाएका र यसअघि वितरण गरिएको रु १५ हजार र न्यानो कपडाको रु १० हजार पाउने पीडितको नाम समेत लाभग्राहीको सूचीबाट हटेपछि पीडितले नाम समावेश गर्न माग गरेका हुन् । 

नगरकोट नगरपालिका– १२ ताथलीका राजेन्द्र थापाको नेतृत्वमा जिविसमा आएको भूकम्पपीडितको टोलीले जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालालाई निवेदन बुझाउँदै नाम छुटेको वास्तविक भूकम्पपीडितको नाम तत्काल समावेश गरी पहिलो किस्ताको अनुदान वितरण गर्न माग गरेको छ । 

थापाले भन्नुभयो—“पुनःसर्वेक्षणमा समेत विभेद भएको छ, सर्वेक्षणमा आउने टोली समेत प्रलोभनमा परेको पुष्टि भएको छ, गाउँमै दुई वटा र काठमाडाँैमा घर हुनेको नाम लाभग्राहीको सूचीमा छ तर वास्तविक भूकम्पपीडितको नाम हटेको छ, हटेकाको नाम तत्काल समावेश गराउनुपर्छ ।” 

नगरकोट नगरपालिकामा मात्रै आठ सय ९७ भूकम्पपीडितको नाम छुटेको भन्दै उहाँले नाम छुटेका पीडितलाई अनुदान वितरण नगरे आन्दोलन गरिने चेतावनी दिनुभयो । 


भूकम्पमा घर भत्किएर पशु तथा चौपाया समेत मरेको र बस्ने अर्को घर नहुँदा टहरामा बसिरहे पनि लाभग्राहीको सूचीमा आफनो नाम नभएपछि समितिमा आउनुपरेको ताथलीकै श्रीराम थापाको गुनासो छ । लापर्बाही गर्ने पुनःसर्वेक्षण गर्ने टोलीलाई कारबाही गर्नुपर्ने बताउँदै उहाँले पहिलो किस्ताको अनुदान रकम सुरुमै पाउनुपर्ने माग गर्नुभयो । 

नगरकोट नगरपालिका– ५ सुडालका गणेशप्रसाद दुलालले पनि लाभग्राहीमा नाम छुटेकाको तत्कालै नाम समावेश गर्नुपर्ने माग गर्नुभयो । पुनःसर्वेक्षणमा जाने टोली र स्थानीय प्रतिनिधिको लापर्बाही एवम् रिसइबीका कारण कैयाँै वास्तविक भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको उहाँको आरोप थियो । 

समितिको कार्यालयमा गुनासो लिएर आउनुभएका रमेश थापा, शिव श्रेष्ठ, प्रकाश गजुरेल लगायतले आफूहरुलाई लाभग्राहीको सूचीबाट हटाइएकामा आपत्ति व्यक्त गर्दै तत्काल नाम समावेश गर्न आग्रह गर्नुभयो । 

समितिले गाउँ गाउँमा लाभग्राहीको नाम टाँस गरेपछि नाम छुटेको भूकम्पपीडित सम्बन्धित नगरपालिका र जिविस एवम् समितिको कार्यालयमा आएर गुनासो र विरोध गर्र्न तथा नाम समावेश गर्न माग गर्न थालेका छन् । 

स्थानीय विकास अधिकारी कोइरालाले लाभग्राहीको अन्तिम नामावली जिल्लाका छ वटै नगरपालिका मार्फत वडा कार्यालयमा टाँस गरिएको बताउँदै नाम छुटेका लाभग्राहीलाई गुनासो फाराम भर्न आग्रह गर्नुभयो । समितिले तत्कालै छुटेका भूकम्पपीडितलाई अनुदान सम्झौता गर्न नियम र प्रक्रियागत रुपमा जाने उहाँको भनाइ छ । 

समितिमा लाभग्राहीको नाम छुटेको गुनासो आए पनि दुई घर हुने र अन्यत्र घर हुने गैरभूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा आएको भए त्यस्तो गुनासो समेत फाराममा भर्न उहाँले लआग्रह गर्नुभयो । 

यही कात्तिक २५ गतेदेखि लाभग्राहीसँग अनुदान सम्झौता गरिने बताउँदै समितिका उपसंयोजक दीपक पाठकले पहिलो किस्ता वितरण गरिएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयन्त्रले मालापोत कार्यालय मार्फत गाउँ÷गाउँमा पुनः सर्वेक्षण गर्ने बताउनुभयो । 

पुनःसर्वेक्षण गर्दा दुई घर भएका वा गैरभूकम्प प्रभावितले अनुदान रकम लिएको पुष्टि भएमा त्यस्तालाई कारबाही गरी जरिवानासहित रकम फिर्ता गराइने बताइएको छ । 

जिल्लामा सुरुमा ३३ हजार ६९६ भूकम्पपीडितको नामावली सार्वजनिक भए पनि प्राधिकरणको टोलीले गरेको पुनःसर्वेक्षणमा भने मध्यपुरथिमिका आठ वटा वडा बाहेक जिल्लाभरिमा कुल २४ हजार ९०२ भूकम्प प्रभावितको नाम लाभग्राहीको सूचीमा समावेश गरेको छ । 

अनुदान लिन भूकम्प प्रभावित लाभग्राहीले आफ्नो वडा कार्यालयमा नागरिकताको सक्कल र प्रतिलिपि तीन थान, लालपुर्जाको प्रतिलिपि र तस्बिर र भूकम्प प्रभावित भएको परिचयपत्र तीन तीन थान साथमा लैजानुपर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार