२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनः संरचनाको विषय पेचिलो बन्दै

२०७३, २३ कार्तिक मंगलवार ०७:५६

कात्तिक २३, बनेपा । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषय पेचिलो बन्दै गएको छ । 

स्थानीय तह पुनःसंरचनालाई लिएर तिहारअघिदेखि निरन्तर जारी राजनीतिक दलको बैठकमा सङ्ख्या र सीमाङ्कनको विवाद देखिएपछि अझै निष्कर्षमा पुग्न सकिएको नसकिए पनि दलहरुले दिनरात निरन्तर छलफल गरिरहेका छन् । 

नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका पूर्वसभापति शिव हुमागार्इँले केही दिनअघि १४ स्थानीय निकायका विषयमा दलबीच सैद्धान्तिक सहमति भएको उल्लेख गर्दै जिल्लामा सबै राजनीतिक दलको सामूहिक प्रस्तावको सम्भावना लगभग समाप्त भएको बताउनुभयो । 

उहाँले नेपाली काँग्रेस र नेकपा९एमाले० सङ्ख्याका आधारमा सहमति नजिक भए पनि अन्य विषयमा असहमत भएको बताउँदैै आज बैठक निष्कर्षमा नपुगे नेकपा९माओवादी केन्द० नेतृत्वको एउटा तथा काँग्रेस र एमाले नेतृत्वको एउटा प्रस्ताव प्राविधिक समितिमा पठाइने जानकारी दिनुभयो । 

एमाले काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले विवाद टुङ्ग्याउन छलफल भइरहेको बताउनुभयो । 

माओवादी केन्द्र काभ्रेपलाञ्चोकका सचिव इन्द्रबहादुर थिङले सङ्ख्या र सीमाका विषयमा विवाद हँुदा समस्या देखिएको उल्लेख गर्दै माओवादी उपमहानगरपालिकासहित १२ स्थानीय निकायका पक्षमा भएको बताउनुभयो । राप्रपाका राजेन्द्र केसीले दलहरु टुङ्गोमा नपुगे प्राविधिक समिति मार्फत पुनः संरचनाको टुङ्गो लाग्ने बताउनुभयो । 

स्थानीय विकास अधिकारी टेकराज निरौलाले विवादको विषय के हो भन्ने नै पहिचान गर्न अप्ठेरो भएको बताउँदै राजनीतिक दलबीच सहमति नभए प्राविधिक समितिको परामर्शमा स्थानीय निकाय पुनःसंरचना आयोगले विवाद टुङ्गोमा लगाउने जानकारी दिनुभयो । 

चार महिनादेखि जारी दलको बैठक दिनरात धुलिखेलमा आज पनि भइरहेको छ । स्थानीय तह पुनःसंरचना आयोगलाई पुनःसंरचनासम्बन्धी प्रतिवेदन बुझाउने म्याद यही कात्तिक २० गते नै समाप्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै