खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सरकारी कार्यालयका वेवसाइड अप्डेट हुदैनन

२३ कार्तिक २०७३, मंगलवार ०९:१३


खकेन्द्र केसी/कात्तिक २३, सल्यान । सल्यानका जिल्ला शिक्षा अधिकारी को होलान ? तपाइ अव जिल्ला शिक्षा कार्यालयको वेवसाइड http://deosalyan.gov.np/ खोल्छु अनी जानकारी लिन्छु भन्नुभयो भने तपाईले खोजेको सहि जानकारी त्यहाँ छैन । 

त्यहाँ त मात्र आज भन्दा २ बर्ष अगाडिका जिल्ला शिक्षा अधिकारी जगन्नाथ उपाध्यायको नाम जिल्ला शिक्षा अधिकारी भनेर आउछ । उनको नाममात्र हैन उनको फोटोपनि उक्त वेवसाइडमा प्रष्टै देखिन्छ ।

उपाध्याय पछि आएका बरखु प्रसाद रजकको नाम वेवसाइटमा चढ्दै चढेन । तर उनैको पालामा सल्यानलाई साक्षर जिल्ला पनि घोषणा गरियो । शिक्षाको क्षेत्रमा गरेका कामहरुको विवरणहरु प्राप्तहुने गरि बनाइएको वेवसाइटमा उनले अनी जिल्ला शिक्षा कार्यालयका कामहरु छदैछैनन । त्यस्तै ३ महिना अगाडि जिल्ला शिक्षा अधिकारीको रुपमा आएका देवी प्रसाद घिमिरेको नाम राख्नेदिन पनि आउदैन होला । कार्यालयको कर्मचारीको अप्डेट नगरेको वेवसाइडमा अरु सूचना र सामाग्री पाइने त कुरै भएन ।


त्यस्तै अर्को अचम्म के छ भने जि.स्वा.का. को नयाँ अप्डेटका लागि वेवसाइट हेर्दै गर्नुहोला भन्नेको जिल्ला स्वास्थ्य कार्यालको वेवसाइडमा पनि ३ बर्ष अगाडिका कार्यालय प्रमुख डाक्टर रामराज पन्थीको नाम राखिएको छ ।

वेवसाइट  (http://dhosalyan.gov.np/np/npjoomla/) खोल्दा कार्यालय प्रमुख भनेर चिनिने डाक्टर रामराज पन्थी पछि डाक्टर श्रीराम तिवारी नै सरुवा भएर अहिले डाक्टर मनिषा रावल छन ।  जुन अप्डेट नगरिएको वेवसाइट छ नयाँ अप्डेटका लागि हेर्दै गर्नुहोला भनिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको अर्को वेवसाइट पनि छ http://dhosalyan.gov.np/np/eng/ त्यसमा अहिलेका कार्यालय प्रमुख डाक्टर मनिषा रावलको नाम भने छ तर झुक्किने गरी २ वटा वेवसाइड संचालनमा नै छन । त्यस्तै जिल्ला वन कार्यालयको वेवसाइड (http://dfosalyan.gov.np/) मा पनि १ महिना विदाइ भएर गएका विद्या नाथ झा कै नाम जिल्ला वन अधिकृतको नाम रहेको छ ।

उता जिल्ला विकास समितिको वेवसाइड http://ddcsalyan.gov.np/ne-staff/  पनि अप्डेट भएको छैन । बाहिर वेवसाइड खोल्ने वित्तिकै दायाँतिर स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलको नाम त छ तर कर्मचारीको प्रोफाइल खोलेर हेर्दा त्यहाँ ६ महिना भन्दा अगाडि सरुवा भएका हरि प्रसाद दहालको नाम स्थानिय विकास अधिकारी भनेर लेखिएको छ ।


विज्ञान र प्रविधिको विकास भएका बेला वेवसाइड मार्फत कार्यालयका सेवा सूचना दिनलाई बनाइएको वेवसाइड नै अप्डेट भएका छैनन । वेवसाइडका लागि लाखौ रकम खर्च गरिएका भएपनि अप्डेट नगरिएका वेवसाइडहरुले नै कार्यालयका कामको खिल्ली उडाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो