२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा जिल्लाबारे संक्षिप्त जानकारी

८ चैत्र २०७२, सोमबार ०५:३०

नेपालमा रहेका ७५
जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक,
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि
उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण
छ।

यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र
सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’
देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक
एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन
क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा
तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन,
तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी
गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ।

गोरखा दरवार,
गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा; मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक
सम्पदा; कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु; मनासलु, हिमालचुली जस्ता
हिमचुचराहरु; विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

ऐतिहासिक पृष्ठभुमी

यहाँ वि. सं. १७७९ मा
राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती
कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो
मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा
र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ
। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय
निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली
आरध्यदेव हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ