९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोबाङमा स्थानिय गाउँपालिका बनाउनुपर्ने माग

२४ कार्तिक २०७३, बुधबार ०७:३९

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बोबाङका राजनैतिक दलको अगुवाईमा अधिकारीचौर र निसीलाई मिलाएर गाउँ पालिका बनाउनुपर्ने पहल सुरु भएको छ ।

तिनओटै गाविसको सर्वदलय बैठक गरि गाउँपालिका बनाउने निर्णय भएको नेकपा एमाले क्षेत्रीय सदस्य बोबाङका हरि घर्तीले जानकारी दिनुभयो । निसीका माओवादी प्रतिनिधि प्रेम घर्ती र एमालेका भुमिराज घर्तीको भने सहमती नरहेको हरि घर्तीको भनाई छ । घर्तीले  निसीमा पनि अरु अगुवाहरुको सहमती रहको दावि गर्नुभएको छ । तर निसीले निसीखोला गाउँपालिका बनाउन सर्वदलिय निर्णय नै गरेर बोहरागाउँ, देविस्थान र राजकुतलाई समेट्ने गरि आफ्नो पहल अगाडी बढाईरहेको छ । 

एमाले बोबाङका हरि घर्तीले बाबाङ गाविसका सवैदल सहमत भएको र अधिकारीचौरका राजनैतिक दल पनि ३ ओटा गाविस समेटेर गाउँपालिका बनाउन सकारात्मक रहेको दावि गर्नुभएको छ । घर्तीले भौगोलि रुपमा विकट गाउँका नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउनकै लागि संघियता र स्थानिय निकाय पुनसंरचना गरिने हुँदा जुनसुकै अवस्थामा तिन गाविसको गाउँपालिका बनाएरै छोड्ने बताउनुभएको छ । बोबाङका राजनैतिकदलको टोली आज जिल्ला प्रविधिक समिति र राजनैतिक दलको जिल्ला नेतृत्वसँग डेलिकेशन जाँदैछ । घर्तीले डेलिकेशनकै लागि अहिले आफुहरु जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको बताउनुभयो । 

जिल्ला कात्तिक १९ गतेकोको प्रश्तावमा जिल्ला प्रविधिक समितिले बोबाङ र अधिकारीचौर गाविसलाई बुर्तिबाङतिर राखेको छ । यता निसी गाविससँग बोहरागाउँ र देविस्थानलार्य पनि समेटेर निसीखोला गाउँपालिका बनाउने प्रश्ताव गरेको छ । डेलिकेशनका लागि बागलुङ रहनुभएका घर्तीले आफ्नो मागको सुनुवाई नभए जिल्लामा दवाव दिनका लागि कडा संघर्षका कार्यक्रममा जाने प्रतिक्रिया दिनुभएको छ । 

नेपाली काँग्रेश अधिकारीचौरका सभापती चन्द्रकुमार गौतमले पार्टिको गाउँ कार्यसमितिले नगरपालिका बनेपनि गाउँपालिका बनेपछि बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायमा जाने निर्णय गरेको बताउनुभयो ।   

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य अधिकारीचौरका दलबहादुर घर्तीले जनसंख्या सहित अरु मापदण्ड मिले बोबाङ सहित गाउँपालिका बनाउन सकिने भन्दै नपुगे बुर्तिबाङमै जाने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नरबहादुर विकले बुर्तिबाङ नै उपयुक्त भएको बताउनुभयो । गाउँपार्टिमा छलफल हुन भने बाँकी रहको उहाँको भनाई छ । 

राष्ट्रिय जनमोर्चाका टेकबहादुर कुँवरले बोबाङ र अधिकारीचौरको जनसंख्या नपुग्ने भएकाले निसी सहमत भएको अवस्थामा बोबाङमा केन्द्र भए गाउँपालिका बनाउन सकिने भएपनि त्यसो नभए बुर्तिबाङ नै उपयुक्त भएको बताउनुभयो । 

बुर्तिबाङका राजनैतिक दलले भने बुर्तिबाङ केन्द्रहुने गरि प्रश्ताव गरिएको बोबाङ, अधिकारीचौर, राजकुत, दर्लिङ र भिमगिठे समावेश भएको गाउँपालिकालाई नगरपालिका बनाउन दवाव दिँदै आएका छन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा