२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालमा आजबाट सेवा सुचारु

२०७३, २४ कार्तिक बुधबार ०८:०६

कात्तिक २४, नवलपरासी । नवलपरासीमा दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा सरकारले स्थापना गरेको चिसापानी अस्पतालले आजबाट आफ्नो सेवा औपचारिक रुपमा सुचारु गरेको छ । 

पन्ध्र श्ययाको क्षमता रहेको सो अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक सेवासहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्रकारको अन्य आवश्यक सेवा सुरु गरेको हो । सो अस्पताल २०७२ असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट चिसापानीमा स्थापना गर्ने निर्णय भएको थियो भने २०७३ साउन ५ गते चिसापानी अस्पतालको रुपमा दर्ता भएको थियो । 

सो अस्पतालमा तीनजना चिकित्सकसहित १९ जनाको दरबन्दी रहेको छ । सो अस्पताल स्थापनासँगै विशेष गरी दाउन्नेबारीको राजमार्ग क्षेत्रका स्थानीय, नवलपरासीको ग्रामीण क्षेत्रका १४ गाविसका जनतासहित सीमावर्ती भारतीय गाउँका बिरामीसमेत लाभान्वित हुने छन् । 

उक्त अस्पताल दाउन्नेबारीका स्वास्थ्य संस्थाका लागि रिफर सेन्टरको रुपमा स्थापित हुने जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताउनुभयो । नवलपरासीमा सरकारी स्वामित्व रहेको यसअगावै १५ श्यया क्षमता रहेको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी रहेको छ । 

सो अस्पताललाई समेत अब ५१ श्यया बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगको हो । पछिल्लोपटक सरकारले नवलपरासीको चिसापानी अस्पतालसँगै कास्कीको थुम्कीकोटमा समेत नयाँ अस्पताल स्थापना गरेको छ भने १२ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा क्षमता विस्तार गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै