१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्थानीय तह पुनःसंरचनाप्रति विरोध

२४ कार्तिक २०७३, बुधबार ०९:३०

कात्तिक २४, भद्रपुर । स्थानीय तह पुनःसंरचना प्राविधिक समिति झापाले कात्तिक २२ गते गरेको निर्णयप्रति नेकपा (एमाले) सहित छ वटा राजनीतिक दलले असहमति जनाउंदै जिल्ला विकास समिति झापामा आज एक ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र नेकपा (एमाले) झापाका इन्चार्ज रवीन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहाललाई हस्तान्तरण गर्नुभयो । 

सो ज्ञापनपत्रमा नेकपा एमाले झापाका इन्चार्ज रवीन कोइराला, सद्भावना पार्टी झापाका सचिव ओमनारायण राजवंशी, नयाँ शक्ति नेपालका प्रतिनिधि रोम घिमिरे, नेकपा ९माले० झापाका सचिव नवराज खरेल, नेकपा ९संयुक्त० झापाका उपाध्यक्ष महेन्द्र लावती र राष्ट्रिय जनशक्ति पार्टी झापाका अध्यक्ष परशुराम मगरले हस्ताक्षर गर्नुभएको छ । 

विरोधमा रहेका दलहरुले झापाको स्थानीय तहको पुनःसंरचना गर्दा नगरपालिकाको सङ्ख्या नघटाई आठ नगरपालिका र तीन गाउँपालिका हुनुपर्नेमा यी दलहरु अनुपस्थित रहेको छलफलमा गाउँपालिकासहित १५ वटा स्थानीय तह हुनुपर्ने सर्वदलीय निर्णय भएकोप्रति विरोधमा रहेका दलले असहमति जनाएका छन् । 

दलहरुका बीचमा सर्वसम्मतिको सम्भावना हँंदाहुँदै प्राविधिक समितिका संयोजकले सहमति गराउन नचाहेपछि आयोगले अघि सारेको मापदण्डअनुसार नै हुने गरी हाल कायम रहेका नगरपालिका नघट्ने गरी यसअघि २०७३ भदौ २७ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको झापालाई ११ स्थानीय तह बनाउने सर्वसम्मत निर्णयलाई नै दलहरुले साझा विन्दु बनाई सहमति खोज्न विरोधमा उत्रेका दलहरुले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव