९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘चुनाखानीबाट बस्ती जोखिममा’, बस्ती स्थानान्तरणको माग

२४ कार्तिक २०७३, बुधबार १०:०५

कात्तिक २४, चितवन । पूर्वी चितवनको शक्तिखोरस्थित विकट गाउँ कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती नै जोखिममा परेको भन्दै विकल्पको माग गरेका छन् । 

जिल्ला विकास समिति चितवनले प्रशासन कार्यालय, महिला सघन विकास केन्द्र र भ्रष्टाचार विरुद्ध अभियान चितवनको सहकार्यमा चितवनको शक्तिखोरमा आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले चुनाखानीको विषयमा गम्भीर हुन अनुरोध गरेका हुन् । 

स्थानीय चेपाङ समुदाय बसोबास गर्दै आएको सो कोलार गाउँमा गएको पुसदेखि चुनाखानी दोस्रो पटक सञ्चालनमा आएको थियो । 

चुनाखानीका कारण बस्ती जोखिममा परेको भन्दै स्थानीय राममायाँ चेपाङले बस्ती नै स्थानान्तरणको माग गर्नुभयो । घर नै जोखिममा परेकाले अहिले सो क्षेत्रमा स्थानीयले एक हप्तादेखि चुना उत्खनन गर्ने मेसिन सञ्चालनमा रोक लगाएको समेत उहाँले बताउनुभयो । सो चुनाखानी क्षेत्रमा ४२ घर रहेका छन् । 

सार्वजनिक सुनुवाइका क्रममा बोल्दै अर्की महिला गङ्गा गुरुङले चुनाखानीले खानेपानीको पाइप समेत पुरेर पानी खान समेत नपाएको गुनासो गुर्नभयो । चुना उत्खनन गर्दा निस्किएको माटोले वर्षात्का बेलामा बाढी पहिरो समेत बढेर समस्या हुने गरेको उनको भनाइ थियो । 

स्थानीय राजकृष्ण चेपाङ भन्नुहुन्छ, “चुनाखानीले बाटो फराकिलो पार्दा, रुखबिरुवा नासिएको छ, रोपेको बिरुवा समेत मरेका छन्, बाढी पहिरोले घर बस्ती नै जोखिममा पारेको छ ।” 

केही समय चलेर दुई वर्ष बन्द भएको चुनाखानी गएको वर्ष पुसमा स्टारलाइम इन्जिनियरिङ प्रालिले रु पाँच करोड लगानी थपेर पुनःसञ्चालन गरेको थियो । कम्पनीले भने वातावरण प्रभाव मूल्याङ्कन गरेरै खानी बनाइएको दाबी गर्दै आएको छ । 

चुना बोक्ने गाडीले धुलो उडाउनाले स्वास्थ्यमा समेत असर परेको भन्दै स्थानीयवासी चुनाखानी सञ्चालन गर्न दिने पक्षमा छैनन् । ऐतिहासिक किल्ला उपरदाङगढी संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिले समेत चुनाखानीको विरोध गर्दै आएको छ । 

सार्वजनिक सुनुवाइमा स्थानीयको गुनासो सुनेपछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनतालाई दुःख हुन्छ भने चुनाखानी बन्द हुनुपर्नेमा जोड दिनुभयो । 

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेले यस्ता समस्या भने लिखित रुपमा ल्याउन समेत स्थानीयलाई आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन