२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘चुनाखानीबाट बस्ती जोखिममा’, बस्ती स्थानान्तरणको माग

२०७३, २४ कार्तिक बुधबार १०:०५

कात्तिक २४, चितवन । पूर्वी चितवनको शक्तिखोरस्थित विकट गाउँ कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती नै जोखिममा परेको भन्दै विकल्पको माग गरेका छन् । 

जिल्ला विकास समिति चितवनले प्रशासन कार्यालय, महिला सघन विकास केन्द्र र भ्रष्टाचार विरुद्ध अभियान चितवनको सहकार्यमा चितवनको शक्तिखोरमा आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले चुनाखानीको विषयमा गम्भीर हुन अनुरोध गरेका हुन् । 

स्थानीय चेपाङ समुदाय बसोबास गर्दै आएको सो कोलार गाउँमा गएको पुसदेखि चुनाखानी दोस्रो पटक सञ्चालनमा आएको थियो । 

चुनाखानीका कारण बस्ती जोखिममा परेको भन्दै स्थानीय राममायाँ चेपाङले बस्ती नै स्थानान्तरणको माग गर्नुभयो । घर नै जोखिममा परेकाले अहिले सो क्षेत्रमा स्थानीयले एक हप्तादेखि चुना उत्खनन गर्ने मेसिन सञ्चालनमा रोक लगाएको समेत उहाँले बताउनुभयो । सो चुनाखानी क्षेत्रमा ४२ घर रहेका छन् । 

सार्वजनिक सुनुवाइका क्रममा बोल्दै अर्की महिला गङ्गा गुरुङले चुनाखानीले खानेपानीको पाइप समेत पुरेर पानी खान समेत नपाएको गुनासो गुर्नभयो । चुना उत्खनन गर्दा निस्किएको माटोले वर्षात्का बेलामा बाढी पहिरो समेत बढेर समस्या हुने गरेको उनको भनाइ थियो । 

स्थानीय राजकृष्ण चेपाङ भन्नुहुन्छ, “चुनाखानीले बाटो फराकिलो पार्दा, रुखबिरुवा नासिएको छ, रोपेको बिरुवा समेत मरेका छन्, बाढी पहिरोले घर बस्ती नै जोखिममा पारेको छ ।” 

केही समय चलेर दुई वर्ष बन्द भएको चुनाखानी गएको वर्ष पुसमा स्टारलाइम इन्जिनियरिङ प्रालिले रु पाँच करोड लगानी थपेर पुनःसञ्चालन गरेको थियो । कम्पनीले भने वातावरण प्रभाव मूल्याङ्कन गरेरै खानी बनाइएको दाबी गर्दै आएको छ । 

चुना बोक्ने गाडीले धुलो उडाउनाले स्वास्थ्यमा समेत असर परेको भन्दै स्थानीयवासी चुनाखानी सञ्चालन गर्न दिने पक्षमा छैनन् । ऐतिहासिक किल्ला उपरदाङगढी संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिले समेत चुनाखानीको विरोध गर्दै आएको छ । 

सार्वजनिक सुनुवाइमा स्थानीयको गुनासो सुनेपछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनतालाई दुःख हुन्छ भने चुनाखानी बन्द हुनुपर्नेमा जोड दिनुभयो । 

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेले यस्ता समस्या भने लिखित रुपमा ल्याउन समेत स्थानीयलाई आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै