२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा झाडापखालाबाट एकको मृत्यु

२०७३, २४ कार्तिक बुधबार १५:४२

कात्तिक २४, लाहान । सिरहाको औरही गाविसमा फैलिएको झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा औरही–३ का सात वर्षीय वर्जुन यादव रहेका छन् । केही दिनदेखि फैलिएको झाडापखालाका कारण ३६ जना भन्दा बढी बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य निरीक्षक मो इद्रीस राइनले बताउनुभयो । 

झाडापखालाका कारण स्थानीयबासिन्दा धमाधम बिरामी पर्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र औरहीले २४ घन्टे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मङ्गलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा झाडापखालाबाट सिकिस्त बिन्दीलाल यादव, रिङ्क राम, मो चान्द, रघुवीर दास, रमेश यादव, रतनादेवी यादव, विवेकानन्द कामत, शोभा राम, शुलेखा यादवलगायत ३२ जना उपचारका लागि आएको उपचारमा संलग्न सिनियर अहेव उपेन्द्र यादवले जानकारी दिनुभयो । गाउँमा झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको दाबी स्थानीयबासिन्दाको छ । 

झाडापखालाबाट बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक टोली औरहीमा पठाइएको जनाएको छ । झाडापखाला फैलिएको क्षेत्रमा चिकित्सकको टोली पुगेर बिरामीको उपचार गरिरहेका छन्, जनस्वास्थ्य प्रमुख डा दयाशङ्करलाल कर्णले भन्नुभयो – स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखाको टोली आएर बिरामीको दिसा र खानेपानी ट्युबेलको पानी नमुना सङ्कलन गरेर लगेको छ । 

इपिडिमियोलोजी महाशाखाले लगेको दिसाको नमुनामा कोलेराको जीवाणु फेला नपरेको र पानीको जाँच हुन बाँकी रहेको जानकारी आएको प्रमुख डा कर्णले जानकारी दिनुभयो । पानीको नमुना परीक्षण भएपछि मात्रै झाडापखालाको कारण पत्ता लाग्न सक्ने उहाँको भनाइ छ । 

आइतबारदेखि हालसम्ममा औरहीलगायत विभिन्न गाउँका ४३ जना झाडापखालाका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखलाका कारण गत आइतबार इटारी प्रसाही–२ का राजेन्द्र भण्डारीका चार वर्षीया छोरी गायत्रीको पनि मृत्यु भएको जनस्वास्थ्य निरीक्षक राइनले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै