११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा

२४ कार्तिक २०७३, बुधबार १६:०९

हेटौंडाः

नामटारका उत्तरी क्षेत्रमा रहेका १,३,४ नम्बर वडावासीले प्राविधिक समितीले निर्णय गरको केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । विहिबार सम्म माग सुनुवाई नभए भोली शुक्रबारबाट आन्दोलन गर्ने भएको छ । बुधबार जिल्ला विकास समितिको कार्यालय मकवानपुरमा एक पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलन त्रिभुवन राजपथको नामटार सडक सिमाना बाघमार देखि सिमभञ्ज्याड्ड सम्म घोषणा गरेको हो । उक्त स्थानका वासिन्दालाई अहिले सेवा लिइरहेको स्थान भन्दा दोब्बर टाढा रहेको भन्दै पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताउनु भयो । आन्दोलनमा उक्त क्षेत्रमा सबै राजनीतिक दलका प्रतिनिधीले साथ दिए पनि जिल्ला स्तरीय नेताले साथ नदिएको समितिको गुनासो रहेको छ । पहिलो चरणको आन्दोलन अनिश्चितकालिन भएता पनि माग पुरा नभए जिल्ला स्तरमा नै आन्दोलनमा जाने समितिको निर्णय रहेको समितिले जानकार दिएको छ । समितिका अनुसार उक्त क्षेत्रका वासिन्दा थाहा नगरपालिका वा भिमफेदी गाउ“पालका मध्ये एकमा वस्न समेत राजी भएको तर प्रस्तावित कालिकाटार केन्द्र कदापी स्वीकार्य नहुने नया“ शक्ति नेपालका उदय हटुवालले बताउनु भयो । उत्तरी क्षेत्रका मागको लागी राजनीतिक दल गम्भिर नभए सवै पार्टिका प्रतिनिधले राजनीति समेत दिन सक्ने समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा