९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा फैलिएको झाडापखालले एकको मृत्यु, ३४ विरामी

२५ कार्तिक २०७३, बिहीबार ०१:४९

राम नारायण पंडित, कात्तिक २५, सिराहा । सिरहामा फैलिएको झाडापखालको प्रकोपले एक बालकको मृत्यु भएको छ भने ३४ जना विरामी परेका छन् । झाडापखालाले मृत्यु हुनेमा औरही ३ का ७ वर्षिय वर्जुन यादव रहेको हो । सोमबारदेखि देखापरेको झाडापखाला जिल्लाको औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ । विरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको छ ।

झाडापखालाबाट बाल बालिका सवैभन्दा बढी प्रभावित भएका छन् । बिरामीहरुलाई एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई रहेको छ । झाडा पखाला फैलिएपछि स्थानिय वासिन्दा त्रसित छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

झाडा पखाला नियन्त्रणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालय सिरहाको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिए । उनले पानीका कारण झाडा पखाला लागेको हुन सक्ने भएकोले पानी परीक्षणकोलागि काठमाडौं पठाईएको बताए । उनले झाडापखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जनाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन