१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय निकाय पुनःसंरचनाको विरोधमा र्याली

२५ कार्तिक २०७३, बिहीबार ०२:१९

कात्तिक २५, सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुनःसंरचना आफूहरुको भावना विपरीत भएको भन्दै यार्लीसहित बजार परिक्रमा गरेर जिल्ला विकास समिति सोलुुखुम्बुमा बुधबार धर्ना दिएका छन् । 

उनीहरुले ती दुई गाविसका एक हजारभन्दा बढी मानिसको हस्ताक्षरसमेत जिविसमा बुझाएका छन् । गाउँपालिका बनाउँदा नेचाबतासे, नेचाबेतघारी र पञ्चन गाविसलाई गाभेर एउटा गाउँपालिका बनाउनुपर्ने र त्यसको केन्द्र नेचाबेतघारीमा रहनुपर्ने आफूहरुको माग रहेको भए पनि प्राविधिक समितिले पञ्चनलाई अन्यत्र लगेर तिंला गाविस मिसाई सल्यानमा केन्द्र राखेको उनीहरुको भनाइ छ । 

ठूलो सङ्ख्यामा कालो झन्डासहित आएका त्यहाँका बासिन्दाले सिफारिस गरिएको निर्णय नसच्याउन्जेल जिविसअघि धर्ना बस्ने सो टोलीको नेतृत्व गरिरहेका नेकपा ९एमाले० सोलुखुम्बुका जिल्ला सदस्य जगनाथ बास्तोलाले बताउनुभयो । 

यस्तै, नेपाली काँग्रेस सोलुखुम्बुले पनि बुधबार विज्ञप्ति जारी गर्दै नेचाबासीको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । 

यसैगरी, आफूहरुलाई दूधकुण्ड नगरपालिकामा मिलाएर भौगोलिकरुपमा निकै कष्ट उत्पन्न गराएको भन्दै जिल्लाको केरुङ, टाप्टिङ र गोराखानीका बासिन्दाले पनि विरोध गरेका छन् । सिफारिस गरिएको संरचनामा चित्त नबुझेकाले मागपत्र बुझाएको र त्यसलाई जस्ताको तस्तै आयोगमा पठाउने प्राविधिक समितिका सदस्य एवम् जिविस सोलुखुम्बुका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

जिविसले गत सोमबार एक नगरपालिकासहित आठवटा स्थानीय निकाय रहने गरी खाका पुनःसंरचना आयोगमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल