२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिलो सिन्धुलीगढी हाफ म्याराथुनको उपाधि चण्डीदल गणलाई

२०७३, २५ कार्तिक बिहीबार ०२:३०

कात्तिक २५, सिन्धुली । ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गर्न बुधबार आयोजना गरिएको पहिलो सिन्धुलीगढी हाफ म्याराथुन प्रतियोगिताको उपाधि सिन्धुलीको चण्डीदल गणले लिएको छ । 

प्रतियोगितामा चण्डीदल गण सिन्धुलीका कर्णबहादुर बस्नेत, पहिलो, केशव आचार्य दोस्रो र विश्वास बानियाँ तेस्रो हुनुभएको छ । कर्णबहादुर बस्नेतले एक घन्टा १७ मिनेट २५ सेकेन्ड, केशव आचार्यले एक घन्टा १९ मिनेट र विश्वास बानियाँले एक घन्टा २२ मिनेट लगाएर पार गरेका थिए । 

प्रतियोगितामा पहिलो हुने बस्नेतलाई प्रमाणपत्रसहित रु ५० हजार, दोस्रो हुने केशव आचार्यलाई रु ३० हजारसहित प्रमाणपत्र र तेस्रो हुने बानियाँलाई प्रमाणपत्रसहित रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगितामा सिन्धुली, रामेछाप, नुवाकोट र भक्तपुरकी एक महिलासहित २५ जनाको सहभागिता रहेको थियो । 

यस प्रतियोगिताले सिन्धुलीको जुनारको प्रचारप्रसारमा टेवा पुग्ने कार्यालयको अपेक्षा रहेको छ । साथै, सिन्धुलीगढी र सिन्धुलीको जुनारको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने कमलामाई नगरपालिका सिन्धुलीका कार्यकारी अधिकृत जगत भुषालले जानकारी दिनुभयो । 

ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न कमलामाई नगरपालिकाले पहिलोपटक आयोजना गरेको हाफ म्याराथुन प्रतियोगिता सिन्धुलीमा अहिले सम्मकै पहिलो हो । 

यस्तै, गोर्खालीले अङ्ग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा साइकल यात्रा बुधबार सम्पन्न भएको छ । काठमाडौँदेखि सिन्धुलीगढी सम्मको साइकल यात्रामा सहभागी ७० जनालाई सिन्धुलीगढीमा बुधबार भव्य स्वागत गरिएको थियो । साइकल यात्राको नेतृत्वकर्ता विश्व साइकलयात्री पुस्कर शाह र देवेन्द्र बस्नेतलगायत सहभागीलाई प्रमाणपत्रले सम्मान गरिएको छ । 

यसैबीच, नेपाली वीरपुर्खाले साम्राज्यवादी ब्रिटिस अङ्ग्रेज सेनालाई परास्त गर्दै विजय हासिल गरेको दिनको स्मरण गर्दै ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाली झन्डोत्तोलन गरियो भने नेपाली सेनाद्वारा सलामी दिइयो । नेपाल पत्रकार महासङ्घ सिन्धुलीको आयोजना र जिविस सिन्धुलीको सहयोगमा विभिन्न कार्यक्रम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार