१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिलो सिन्धुलीगढी हाफ म्याराथुनको उपाधि चण्डीदल गणलाई

२५ कार्तिक २०७३, बिहीबार ०२:३०

कात्तिक २५, सिन्धुली । ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गर्न बुधबार आयोजना गरिएको पहिलो सिन्धुलीगढी हाफ म्याराथुन प्रतियोगिताको उपाधि सिन्धुलीको चण्डीदल गणले लिएको छ । 

प्रतियोगितामा चण्डीदल गण सिन्धुलीका कर्णबहादुर बस्नेत, पहिलो, केशव आचार्य दोस्रो र विश्वास बानियाँ तेस्रो हुनुभएको छ । कर्णबहादुर बस्नेतले एक घन्टा १७ मिनेट २५ सेकेन्ड, केशव आचार्यले एक घन्टा १९ मिनेट र विश्वास बानियाँले एक घन्टा २२ मिनेट लगाएर पार गरेका थिए । 

प्रतियोगितामा पहिलो हुने बस्नेतलाई प्रमाणपत्रसहित रु ५० हजार, दोस्रो हुने केशव आचार्यलाई रु ३० हजारसहित प्रमाणपत्र र तेस्रो हुने बानियाँलाई प्रमाणपत्रसहित रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगितामा सिन्धुली, रामेछाप, नुवाकोट र भक्तपुरकी एक महिलासहित २५ जनाको सहभागिता रहेको थियो । 

यस प्रतियोगिताले सिन्धुलीको जुनारको प्रचारप्रसारमा टेवा पुग्ने कार्यालयको अपेक्षा रहेको छ । साथै, सिन्धुलीगढी र सिन्धुलीको जुनारको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने कमलामाई नगरपालिका सिन्धुलीका कार्यकारी अधिकृत जगत भुषालले जानकारी दिनुभयो । 

ऐतिहासिकस्थल सिन्धुलीगढीको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न कमलामाई नगरपालिकाले पहिलोपटक आयोजना गरेको हाफ म्याराथुन प्रतियोगिता सिन्धुलीमा अहिले सम्मकै पहिलो हो । 

यस्तै, गोर्खालीले अङ्ग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा साइकल यात्रा बुधबार सम्पन्न भएको छ । काठमाडौँदेखि सिन्धुलीगढी सम्मको साइकल यात्रामा सहभागी ७० जनालाई सिन्धुलीगढीमा बुधबार भव्य स्वागत गरिएको थियो । साइकल यात्राको नेतृत्वकर्ता विश्व साइकलयात्री पुस्कर शाह र देवेन्द्र बस्नेतलगायत सहभागीलाई प्रमाणपत्रले सम्मान गरिएको छ । 

यसैबीच, नेपाली वीरपुर्खाले साम्राज्यवादी ब्रिटिस अङ्ग्रेज सेनालाई परास्त गर्दै विजय हासिल गरेको दिनको स्मरण गर्दै ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाली झन्डोत्तोलन गरियो भने नेपाली सेनाद्वारा सलामी दिइयो । नेपाल पत्रकार महासङ्घ सिन्धुलीको आयोजना र जिविस सिन्धुलीको सहयोगमा विभिन्न कार्यक्रम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल