२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा र ?

२०७३, २५ कार्तिक बिहीबार ०९:०५

कविता उपाध्याय, कार्तिक २५, रोल्पा । भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने रु प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु । 

जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच वटा कर्तव्य ज्यान र एउटा भवितव्य ज्यान गरी जम्मा छ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका खरिदार दीपेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यी सबै मुद्दाका अभियुक्तहरु आफन्तकै ज्यान लिएको अभियोगमा जेल जीवन बिताउन बाध्य भएका छन् । 

जसअन्तर्गत नुवागाउँ–८ भलाजुङ रोल्पाका ५५ वर्षीय ओसबहादुर बुढाले ४७ वर्षीय श्रीमती मनसरी घर्तीमगरको २०७३ साउन ८ गते धारिलो खुर्पा प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । खुर्पा प्रयोग गर्नुअघि पनि बुढाले श्रीमतीलाई पटक पटक कुटपिट गर्ने तथा शारीरिक र मानसिक रुपमा यातना दिने गरेको अनुसन्धानका क्रममा खुलेको खरिदार श्रेष्ठले बताउनुभयो । 

यस्तै इरिबाङ–३ रोल्पाकी २५ वर्षीया विमला पुनमगर र उहाँका देवर नाता पर्ने २१ वर्षीय गोविन्द पुनमगरको मिलेमतोमा विमलाका सौताका छोरा १२ वर्षीय भरत घर्तीको २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि विमला र भरतलाई थुनामा राखेको छ । श्रीमान् विदेश गएका बेला विमला र गोविन्दको बीचको अनैतिक सम्बन्ध पटक पटक बच्चाले देखेको र उसले समाजमा सबैसँग खुलासा गर्ने डरले विमला र गोविन्दले बच्चाको घाँटी थिचेर मारेको अभियोगमा प्रहरीले पक्राउ गरी उनीहरुलाई थुनामा राखेको हो । 

यस्तै जौलिपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढाले सोही गाविसका ६० वर्षीय भिनाजु खरवीर बस्नेतलाई २०७३ भदौ २ गते सामुदायिक वनको विषयमा भएको विवाद चुलिँदै जाँदा रिसको झोकमा ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । 

यसैगरी जेदबाङ–८ रोल्पाकी ६३ वर्षीय मनसरी विकले २०७३ साउन २७ गते आफ्नै नाति ९छोरीको छोरा० ११ वर्षीय दिनेश बुढालाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ गरी थप अनुसन्धानका लागि थुनामा राखिएको छ । विककी छोरीले दोस्रो बिहे गरेर गएपछि विकले नातिलाई आफँैसँग राख्दै आउनुभएको थियो । उहाँले नातिलाई यसअघि पटक पटक धम्की दिने तथा कुटपिट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको देखिन्छ । 

यसैगरी २०७३ असोज २५ गते दसैँको टीकाकै दिन राति खुमेल–४ रोल्पाकी धना बुढाथोकीले आफ्नै नातिनी सात वर्षीय झकमा बुढाथोकीलाई दाउराले कम्मरमा बेसरी प्रहार गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । 

यस्तै जंकोट–७ रोल्पाकी ३० वर्षीय साली पर्ने दलसरी डाँगी र जंकोट–३ रोल्पाका भिनाजु पर्ने ३६ वर्षीय सुरेन्द्रकुमार पुनको अवैध सम्बन्ध रहन गई जन्मेको बच्चा मारेर बारीमा गाडेको अभियोगमा प्रहरीले डाँगी र पुन दुवैलाई भवितव्य ज्यान मुद्दाको अभियोगमा थप अनुसन्धानका लागि थुनामा राख्यो । तर हाल उहाँहरु दुवै जनालाई रु ४५ हजार धरौटीमा थुना मुक्त गरेको मुद्दा फाँटका खरिदार टुकलाल विकले जानकारी दिनुभयो । उहाँका अनुसार डाँगीका श्रीमान्को सवारी दुर्घटनामा परी २०६६ सालमा दुवइमा मृत्यु भइसकेको छ । 

“यसरी घटेका सबैजसो घटना अवैध सम्बन्धका कारण घटेको देखिन्छ”, जिल्ला अदालत रोल्पाका नायब सुब्बा दामोदर दाहालले भन्नुभयो । उहाँका अनुसार अज्ञानता, अशिक्षा, पारिवारिक असमझदारी, सामजिक विकृति, मादक पदार्थको सेवन आदि कारणले समाजमा यस किसिमका घटना घट्ने गरेका हुन् । माथि उल्लिखित सबै मुद्दा जिल्ला अदालत रोल्पामा चालु अवस्थामा छन् । जसका लागि वादीतर्फबाट सर्वश्वसहित जन्मकैद मागदाबी रहेका मुद्दा अदालतबाट फैसला हुन बाँकी छन् । 

यस्तै जिल्ला अदालत रोल्पाका डिट्ठा केशवकुमार केसीले जिल्ला अदालत रोल्पामा काम गर्दाको करिब चार वर्षको अनुभव सुनाउँदै भन्नुभयो – “जिल्लामा धेरैजसो घटना पारिवारिक र सामुदायिक विवादका कारण नै घटेका पाइन्छन् भने कतिपय घटना व्यक्तिगत रिसइबीको बदला लिन खोज्दा वा आफूले गरेका गल्ती कमजोरीलाई लुकाउने प्रयास गर्दा यस किसिमका घटना घट्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार