ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देख"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको ठुलो जाँत वडाल जाँतको मेला भब्य रुपमा सम्पन्न, हजारौ भक्तजनद्धारा अवलोकन

२५ कार्तिक २०७३, बिहीबार १३:१४

ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पुरा हुने भन्ने जनविश्वास रहिआएको छ । सुदूरपश्चिमकै सबै भन्दा वढी दाईन दमाउ र भोक्कर वजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेकोछ । मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशवाट समेत भक्तजनहरु मेला भर्न आएको मेला व्यस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर देउवाले बताउनु भयो । अरु बर्षको तुलनामा यस बर्ष बन्द हडताल तथा मेला लाग्ने स्थान सम्म गाडी पुगेकाले दर्शनाथीहरुको संख्या उल्लेख्य रहेको समितिका अध्यक्ष देउवाले वताउनु भयो । यस मेलामा स्थानियहरुको उत्पाद अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषहरुको उत्पादन भिमरो, रंञा, प्याजका विरुवा, विभिन्न दाल, मनानि पाथन, हलो जुवा लगायतका वस्तुहरु समेत मेलामा विक्रि गर्न राखिएको समेत मेला व्यवस्थापन समितिले जनाएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तिहरा लगत्तै हरेक दिन मेला लाग्ने गर्दछन् । यस्तै चतुदर्शिका राति डडेल्धुराको महाभारत क्षेत्रमा पर्ने धुरामा रहेको भागेश्वर मन्दिरमा कार्तिक २७ गते राती भव्य मेला लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ ।

    भागेशवर मन्दिरमा पुजा आराधान गरे निसन्तानले सन्तान पाउने जनविश्वास रहेको छ । विभिन्न समयमा निसन्तानहरुले सन्तापाएका उदाहरण रहेको पुजारी चन्द्रप्रशाद जैशीेले बताउनु भयो । यसै गरि यसवर्ष यस क्षेत्रकै सबै भन्दा ठुलो उग्रतारा भगवतीको मेला कर्तिक २८ गते रतेडी र २९ गते दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । योमेला कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोसा्रे दिन दिउसेडी लाग्ने मेलाको तयारी तिव्ररुपमा भईरहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । मेलाको दुई दिन उग्रतारा क्षेत्रको दुई किलो मिटर क्षेत्रमा मदिरा निशेधित क्षेत्र समेत कायम गरिएको छ । मेलालाई व्यवस्थीत गर्न वाक्लो सुरक्षा व्यवस्था गरिने सुरक्षा समितिले जनाएको छ ।

    यसै गरि बैतडीको रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल सप्तमीबाट शुरु भएको मेला मंगलबार बलिसहित बिशेष पूजा गरेर सम्पन्न भएको हो । माता रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबार ८० रांगा र २०० बढी बोकाको बलि दिइएको छ । मेलामा नेपालका साथै सीमावर्ती भारतको पिथौरागढ जिल्लाबाट हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । मेलालाई मर्यादित बनाउनका लागि मेला व्यवस्थापन समितिले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्रिपुरासुन्दरी भगवतीको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर चन्दले जानकारी दिनुभयो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो