आज बन्ध्याकरण गरिएका कुकुरहरुमा १६ फिमेल र १० मेल रहेका छन । रेविज रोग विरु"/>
कार्तिक २५, सल्यान । सल्यानमा सडक तथा समुदायमा रहेका कुकूरहरुको स्थायी बन्ध्याकरण कार्यक्रमको दोस्रो दिन आज २६ कुकुरलाई बन्ध्याकरण गरिएको छ ।
आज बन्ध्याकरण गरिएका कुकुरहरुमा १६ फिमेल र १० मेल रहेका छन । रेविज रोग विरुद्धको खोप कार्यक्रम अन्तरगत संचालन भैरहको शिविरमा हिजो र आज गरी ४३ कुकुर र २ विरालाको बन्ध्याकरण गरिएको हो ।
जिल्ला पशु सेवा कार्यालय सल्यान र हिमायन एनिमल रेस्क्यु ट्रस्ट पोखराको आयोजनामा भएको सल्यानको खलंगामा भएको शिविर भोलि सम्म चल्ने आयोजकले जनाएको छ ।
रेविज जस्तो प्राण घातक रोगबाट आफुपनि बचौं र समुदायलाई पनि बचाउँ भन्ने नारा सहित चलेको शिविर भोली सम्म चल्ने आयोजकले जनाएको छ । शिविरमा रेविज विरुद्धको खोप पनि लगाइन्छ ।