१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कोसेली घरका कारण किनमेल सहज

२६ कार्तिक २०७३, शुक्रबार ०९:३८

कार्तिक २६, रोल्पा । जिल्लामा सञ्चालित कोसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको छ । 

पछिल्लो समयमा जिल्लामै नेपाली कागज र अल्लोबाट तयार पारिएका जुहारीकोट, स्टकोट, फुलकोट, टोपी, झोलालगायत सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको हो । यहाँ आउने नागरिकले ती सामग्री कोसेलीका रुपमा वा उपहारका रुपमा लैजाने गरेका सौगात कोसेली घरकी पन्थकला वली बताउनुहुन्छ । 

जिल्लामै उत्पादित सिमी, मास, टिमुर, भाङो, भटमास, कोदाको पिठो, मकैको पिठो, सिस्नोको पाउडर, बेसार, मह, घ्यूलगायतका सामग्री उपभोक्ताका रोजाइ हुन् । “ग्राहकको माग पुरा गर्न सकिएको छैन,” वलीले भन्नुभयो । जिल्लामा उत्पादित वस्तु समयमै खरिद गर्न नसक्दा ग्राहकको मागअनुसार सामान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । 

यस्तै लिबाङ–६ की सीता आचार्य कोसेली घरमा किन्न खोजेका सबै कुरा पाइने भएकाले कोसेली घर धाउने गरेको बताउनुहुन्छ । जिल्ला सहकारी सङ्घको समन्वय तथा सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्यमा सो कोसेली घर सञ्चालनमा आएको हो । किसानद्वारा उत्पादित वस्तुलाई बजारको पहुँचमा पु¥याउने उद्देश्यले सात वर्ष अघि सौगात कोसेली घर सञ्चालनमा आएको हो । हाल सदरमुकाम लिबाङमा अन्य कोसेली घर पनि सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द