२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कोसेली घरका कारण किनमेल सहज

२०७३, २६ कार्तिक शुक्रबार ०९:३८

कार्तिक २६, रोल्पा । जिल्लामा सञ्चालित कोसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको छ । 

पछिल्लो समयमा जिल्लामै नेपाली कागज र अल्लोबाट तयार पारिएका जुहारीकोट, स्टकोट, फुलकोट, टोपी, झोलालगायत सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको हो । यहाँ आउने नागरिकले ती सामग्री कोसेलीका रुपमा वा उपहारका रुपमा लैजाने गरेका सौगात कोसेली घरकी पन्थकला वली बताउनुहुन्छ । 

जिल्लामै उत्पादित सिमी, मास, टिमुर, भाङो, भटमास, कोदाको पिठो, मकैको पिठो, सिस्नोको पाउडर, बेसार, मह, घ्यूलगायतका सामग्री उपभोक्ताका रोजाइ हुन् । “ग्राहकको माग पुरा गर्न सकिएको छैन,” वलीले भन्नुभयो । जिल्लामा उत्पादित वस्तु समयमै खरिद गर्न नसक्दा ग्राहकको मागअनुसार सामान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । 

यस्तै लिबाङ–६ की सीता आचार्य कोसेली घरमा किन्न खोजेका सबै कुरा पाइने भएकाले कोसेली घर धाउने गरेको बताउनुहुन्छ । जिल्ला सहकारी सङ्घको समन्वय तथा सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्यमा सो कोसेली घर सञ्चालनमा आएको हो । किसानद्वारा उत्पादित वस्तुलाई बजारको पहुँचमा पु¥याउने उद्देश्यले सात वर्ष अघि सौगात कोसेली घर सञ्चालनमा आएको हो । हाल सदरमुकाम लिबाङमा अन्य कोसेली घर पनि सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै