खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व खाद्य दिवस सल्यानमा पनि मनाईयो

२६ कार्तिक २०७३, शुक्रबार ११:३०


खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  खलङ्गाको टुडिखेल बाट व्यानर तथा प्लेकार्ड सहित ¥याली बैंक रोड हुदै जि.वि.स. को सभाहलमा मूल समारोहमा परिणत भएको थियो ।

जिल्ला कृषि विकास कार्यलय, ग्क्ब्क्ष्म्रकिसान परियोजन, ओरेक नेपाल, दलित विकास समाज, एकीकृत परियोजना, पहल कार्यक्रम, महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा कृषि प्रधान भएको देश नेपालमा अब खाद्य  संङकट न्युनिकरण गर्न कृषिमा व्यापक जोड दिनुपर्ने कुरा उठाइएको थियो । 


कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको मध्यपहाडमा अबस्थीत सल्यानमा विभिन्न खालको हावापानी पाइने र यहाँ धान देखि स्याउ उत्पादन हुने जमीन भएकाले यसको सहि रुपमा प्रयोग गरी सल्यानलाई कृर्षिमा आत्मनीर्भर गराउन सकिने बताएका थिए । 

नेपालमा आधुनीक तरीकाले कृर्षि गर्ने, जलस्रोतलाई व्यवस्तीत तरिकाले प्रयोग गर्ने, ग्रामिण ठाँउमा सडक खोली यातायातलाई विस्तार गर्ने, कृर्षि बजारलाई व्यवस्थापन गर्न सके नेपालको बढदो बैदेशिक रोजगारको समस्यालाई न्युनिकरण गर्न सकिने कार्यक्रममा सहभागी व्यक्तिहरुले बताएका थिए । 


त्यस्तै कार्यक्रममा खाद्य संङकट न्युनिकरण सम्बन्धी सहयात्री कला केन्द्रका कलाकारहरुले विभिन्न नाटक प्रतुत गरेका थिए भने मनोरञ्जनात्मक नाच पनि देखाएका थिए । 

प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता स्थानिय विकास अधिकारी राम चन्द्र पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन मुना पहाडिले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो