नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको एक दलित बस्ती खानेपानीबाट बञ्चीत

२६ कार्तिक २०७३, शुक्रबार १५:१४

नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले आरोप लगाएका छन् ।
दलित बस्तेको माथिबाट खानेपानीको पाईप गएको भएपनि उनिहरु खानेपानीबाट बञ्चीत छन् ।

“घरको कनेसिबाट खानेपानीको पाईपलाईन गैरदलित समुदायमा गएको छ तर पनि हामीहरुले उक्त पानी उपभोग गर्न पाएका छैनौ” जिल्लाको दशरथचन्द नगरपालिका– ११ सत्पाली जडाशैनीका तजराम लावडले भने ।

करीब ६ बर्ष अगाडी देखि संञ्चालनमा रहेको उक्त खानेपानी मा आफुहरुलाई विभेद गरीएको स्थानीयको आरोप छ । “यस दलित समुदायमा पानीको हाहाकार छ उता गैरदलित समुदायले सिचाई गर्न समेत खानेपानीको उपयोग गरीरहेका छन्” सोही ठाँउका प्रकास लावडले भने ।

०७३ कात्र्तिक २६ गते उक्त क्षेत्रका दलित समुदायका केहि व्यक्तिहरु आफुहरुलाई खानेपानी उपभोगमा सहज गराई दिन भनी जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय लगायतका अन्य सरोकारवाला निकाय सम्म पुगेका छन् ।

आफुहरुले पटक–पटक माग राख्दा समेत सरोकारवाला निकायहरुले कुनै चासो नदिउको दलित समुदायको आरोप छ । “दलित भएकाले आफुहरुको पहुँच पनि त्यति छैन र सरोकारवाला निकायले पनि हामीहरुको समस्यालाई समाधान गर्न कुनै पहल गरेको छैन” स्थानीय धनीराम लावड ले भने ।

यस बारेमा दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अजुर्न शर्मालाई बुझ्दा उक्त समस्याको बारेमा आवज उठेको र छिटैनै प्राविधिक समिती गठन गरी दलित वस्तीको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए ।

तर गैर दलित समुदायले भने आफुहरुले दलित भनेर उनिहरुलाई खानेपानीबाट बञ्चीत नगरेको र उनिहरु आफैले काम नगर्ने गरेको प्रत्यारोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो