नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको एक दलित बस्ती खानेपानीबाट बञ्चीत

२०७३, २६ कार्तिक शुक्रबार १५:१४

नरी बडु, कात्र्तिक २६ बैतडी ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले आरोप लगाएका छन् ।
दलित बस्तेको माथिबाट खानेपानीको पाईप गएको भएपनि उनिहरु खानेपानीबाट बञ्चीत छन् ।

“घरको कनेसिबाट खानेपानीको पाईपलाईन गैरदलित समुदायमा गएको छ तर पनि हामीहरुले उक्त पानी उपभोग गर्न पाएका छैनौ” जिल्लाको दशरथचन्द नगरपालिका– ११ सत्पाली जडाशैनीका तजराम लावडले भने ।

करीब ६ बर्ष अगाडी देखि संञ्चालनमा रहेको उक्त खानेपानी मा आफुहरुलाई विभेद गरीएको स्थानीयको आरोप छ । “यस दलित समुदायमा पानीको हाहाकार छ उता गैरदलित समुदायले सिचाई गर्न समेत खानेपानीको उपयोग गरीरहेका छन्” सोही ठाँउका प्रकास लावडले भने ।

०७३ कात्र्तिक २६ गते उक्त क्षेत्रका दलित समुदायका केहि व्यक्तिहरु आफुहरुलाई खानेपानी उपभोगमा सहज गराई दिन भनी जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय लगायतका अन्य सरोकारवाला निकाय सम्म पुगेका छन् ।

आफुहरुले पटक–पटक माग राख्दा समेत सरोकारवाला निकायहरुले कुनै चासो नदिउको दलित समुदायको आरोप छ । “दलित भएकाले आफुहरुको पहुँच पनि त्यति छैन र सरोकारवाला निकायले पनि हामीहरुको समस्यालाई समाधान गर्न कुनै पहल गरेको छैन” स्थानीय धनीराम लावड ले भने ।

यस बारेमा दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अजुर्न शर्मालाई बुझ्दा उक्त समस्याको बारेमा आवज उठेको र छिटैनै प्राविधिक समिती गठन गरी दलित वस्तीको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले पहल गर्ने बताए ।

तर गैर दलित समुदायले भने आफुहरुले दलित भनेर उनिहरुलाई खानेपानीबाट बञ्चीत नगरेको र उनिहरु आफैले काम नगर्ने गरेको प्रत्यारोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा