१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग

२७ कार्तिक २०७३, शनिबार ०३:४१

कात्तिक २७, रोल्पा । जिल्ला बालकल्याण समितिले बालाधिकार संरक्षण र प्रवद्र्धनका लागि आपत्कालीन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग गरेकोे छ । 

आपत्कालीन मानव सहयोगअन्तर्गत ९१ बालबालिकालाई रु एक लाख ७५ हजार, जोखिम अवस्थाका ११५ बालबालिकालाई शैक्षिक सहयोग बापत रु दुई लाख ३० हजार, सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका पुनःस्थापना तथा पुनःएकीकरण कार्यक्रमअन्तर्गत २३२ जनालाई रु पाँच हजारका दरले शैक्षिक सहयोग रु १६ लाख ६० हजार र तीन बालबालिकालाई रु छ हजारका दरले वैकल्पिक स्याहार सहयोग गरिएको सिएएसी परियोजनाका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसैगरी जन्मदर्ता नभएका चार बालबालिकाका लागि कानुनी सहयोग र पाँच विद्यालय शान्ति क्षेत्र घोषणाका लागि रु एक लाख २५ हजार सहयोग गरिएको जिल्ला बाल कल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले जानकारी दिनुभयो । 

बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीका अनुसार विकट ठाउँका बालबालिकालाई राहत वितरणमा भने असहज हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल