कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा प्रहरीद्वारा १५ रोपनीको गाँजा फडानी

२७ कार्तिक २०७३, शनिबार १४:५४


कृष्ण कँडेल/कात्तिक २७, बागलुङ । प्रहरीले बागलुङको निसीमा १५ रोपनी सार्वजनीक जग्गामा उम्रिएको अबैद्य गाँजा फडानी गरि नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरी चौकीले सञ्चालन गरेको अभियानका क्रममा निसी वडा नम्बर–९ को चोरवास र आसपासको क्षेत्रमा उम्रिएको गाँजा नष्ट गरिएको हो ।

 गत बर्ष ६० केजी चरेस सहित ५ जना गाँजा तस्कार पक्राउ परेपछि यो बर्ष अभियान नै सञ्चालन गरेर गाँजा खेती नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । 

प्रहरीले यस अघि भदौ २९ गते पनि वडा नम्बर–९ कै तिघ्रापानी र आसपासको १३ रोपनी जग्गामा भएको गाँजा नष्ट गरेको थियो ।  

निसीको उच्च भुभागका सार्वजनिक जग्गामा शिव रात्रिमा भाङ खाने भन्दै स्थानियले रोपेको गाँजा फैलिँदै गएको र त्यसको संरक्षण गरेर अबैद्य रुपमा चरेस उत्पादन गरि विक्रि हुने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले निसीको भल्कोटबाट २५० लिटर अबैद्य घरेलु मदिरा समेत बरामद गरि नष्ट गरेको छ । त्यहाँ स्थानियवासीलाई अबैद्य घरेलु मदिर उत्पादन र विक्रि वितरण नगर्न अनुरोध गर्दै सचेतना कार्यक्रम पनि गरिएको प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो