प्रभात सहकारीको बिशेष साधारणसभा सम्पन्न

Posted on: 13 Nov, 2016

अध्यक्षमा कार्की, उपाध्यक्षमा चौधरी, सचिवमा गुप्ता र कोषाध्यक्षमा शर्मा सर्वसम्मत चयन


बसन्तकुमार चौधरी । देउखुरी २८ कार्तिक ।  देउखुरीको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगतिनगर सिसहनियाँको शनिबार सिसहनियाँमा भएको बिशेष साधारणसभाले नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । एक साता अघि गत कार्तिक २० गते भएको चौथो बार्षिक साधारणसभामा शनिराम चौधरी नेतृत्वको कार्य समिती असक्षम तथा आर्थिक गतिबिधि स्पष्ट र पारदर्शिता नदेखाएको कारण देखाउँदै कार्य समिती सहित लेखा समिती, ऋण उपसमिती र शिक्षा उपसमिती बिघटनको माग सहित शेयर सदस्यहरुले दर्ता गराएको अबिश्वासको प्रस्ताब बहुमतले पारित भए पछि कार्य समिती बिघटन भएको थियो ।


संस्थाका निर्वतमान अध्यक्ष शनिराम चौधरीको अध्यक्षतामा शनिबार भएको बिशेष साधारणसभाले टेकबहादुर कार्कीको अध्यक्षतामा नौँ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शिबहरि चौधरी, सचिवमा ओमप्रकाश गुप्ता र कोषाध्यक्षमा शिबा शर्मा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुन्दरप्रसाद चौधरी, नारायण चौधरी, शिबबहादुर एमसी(बिदुर), सुन्दरप्रसाद चौधरी र रुचना चौधरी चयन हुनु भएको छ । त्यसैगरी सभाले रामप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्य लेखा तथा सुपरिपेक्षण समिती सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा तारालाल चौधरी र रामपुजन चौधरी रहनु भएको छ ।


सभामा संस्थाका निवर्तमान सचिव बसन्तकुमार चौधरी, लेखा तथा सुपरिपेक्षण समितीका निवर्तमान संयोजक शिबहरि चौधरी, ऋण उपसमितीका निवर्तमान संयोजक नारायण चौधरी, शेयर सदस्यहरु शिबा शर्मा, ओमभक्त चोधरी, शिबबहादुर एमसी(बिदुर) र सुन्दरप्रसाद चौधरी लगायतले बोल्नु भएको थियो । सभाको सहर्जीकरण शेयर सदस्य सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!