अध्यक्षमा कार्की, उपाध्यक्षमा चौधरी, सचिवमा गुप्ता र कोषाध्यक्षमा शर्मा सर्वसम्मत चयन


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अध्यक्षमा कार्की, उपाध्यक्षमा चौधरी, सचिवमा गुप्ता र कोषाध्यक्षमा शर्मा सर्वसम्मत चयन


२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रभात सहकारीको बिशेष साधारणसभा सम्पन्न

२०७३, २८ कार्तिक आईतवार ०६:५०

अध्यक्षमा कार्की, उपाध्यक्षमा चौधरी, सचिवमा गुप्ता र कोषाध्यक्षमा शर्मा सर्वसम्मत चयन


बसन्तकुमार चौधरी । देउखुरी २८ कार्तिक ।  देउखुरीको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रगतिनगर सिसहनियाँको शनिबार सिसहनियाँमा भएको बिशेष साधारणसभाले नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । एक साता अघि गत कार्तिक २० गते भएको चौथो बार्षिक साधारणसभामा शनिराम चौधरी नेतृत्वको कार्य समिती असक्षम तथा आर्थिक गतिबिधि स्पष्ट र पारदर्शिता नदेखाएको कारण देखाउँदै कार्य समिती सहित लेखा समिती, ऋण उपसमिती र शिक्षा उपसमिती बिघटनको माग सहित शेयर सदस्यहरुले दर्ता गराएको अबिश्वासको प्रस्ताब बहुमतले पारित भए पछि कार्य समिती बिघटन भएको थियो ।


संस्थाका निर्वतमान अध्यक्ष शनिराम चौधरीको अध्यक्षतामा शनिबार भएको बिशेष साधारणसभाले टेकबहादुर कार्कीको अध्यक्षतामा नौँ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शिबहरि चौधरी, सचिवमा ओमप्रकाश गुप्ता र कोषाध्यक्षमा शिबा शर्मा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुन्दरप्रसाद चौधरी, नारायण चौधरी, शिबबहादुर एमसी(बिदुर), सुन्दरप्रसाद चौधरी र रुचना चौधरी चयन हुनु भएको छ । त्यसैगरी सभाले रामप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्य लेखा तथा सुपरिपेक्षण समिती सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा तारालाल चौधरी र रामपुजन चौधरी रहनु भएको छ ।


सभामा संस्थाका निवर्तमान सचिव बसन्तकुमार चौधरी, लेखा तथा सुपरिपेक्षण समितीका निवर्तमान संयोजक शिबहरि चौधरी, ऋण उपसमितीका निवर्तमान संयोजक नारायण चौधरी, शेयर सदस्यहरु शिबा शर्मा, ओमभक्त चोधरी, शिबबहादुर एमसी(बिदुर) र सुन्दरप्रसाद चौधरी लगायतले बोल्नु भएको थियो । सभाको सहर्जीकरण शेयर सदस्य सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह