कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेक"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जलपंक्षीका लागि प्रख्यात ताल पुरिँदै

२९ कार्तिक २०७३, सोमबार ०५:०२


कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । 

संरक्षण संवद्र्धनको अभावमा ५० बिगाहा क्षेत्रफलमा फैलिएको ताल पुरिएर २६ बिगाहा क्षेत्रफलमा सीमित भएको छ । एकै साथ दर्जनौँ प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था नहुँदा बर्सेनि क्षेत्रफल घट्दै जान थालेको पूर्व गाविस उपाध्यक्ष तिलक भट्टले बताउनुभयो । 

ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिनबेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर जति माटोको छेकबार निर्माण गरिए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । 

वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरे मात्रै ताललाई जोगाउन सकिन्छ उहाँले भन्नुभयो, “ताल पुरिनबाट नजोगाउने हो भने एक दशकमै ताल लोप हुन्छ ।” तालमा जलकुम्भी, बेसरमलगायतका झारपातले समेत पुर्दै लगेको छ । 

वर्षात्का बेला तालमा बढी पानी भए नजिकको बस्तीका ३० बढी घर डुबानमा पर्ने र बालुवाले खेतीयोग्य जग्गा पुर्ने कार्य हँुदै आएकाले तालमा छेकबारका लागि सम्बन्धित निकायले चासो देखाउनु पर्ने अमर रानाले बताउनुभयो । तालको उत्तरी क्षेत्रमा जङ्गल र अन्य क्षेत्रमा बस्तीले घेरिएको गोलो घेरामा बन्द आकृतिमा रहेकाले यस तालको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन् । 

बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अजुर्नसिंह कार्की नगरभित्रका तालतलैया संरक्षणका लागि नगरपालिकाले जगेडा कोषअन्तर्गत रु १० लाख बजेट विनियोजन गरेको बताउनु हुन्छ । 

तालको मनोरम दृश्य नियाल्न, दर्जनौँ प्रजातिका माछा र जलपक्षीको क्रिडा हेर्न आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो लाग्ने गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरभन्दा झन्डै ६० किलोमिटर र कैलाली सदरमुकाम पश्चिम झन्डै २० किलोमिटरको दूरीमा यो ताल पर्दछ । 

तालसम्म पुग्नका लागि कच्ची र धुलाम्मे सडका कारण ताल नियाल्न आउने आन्तरिक पर्यटकले सास्ती खेप्नुपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो