कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेक"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जलपंक्षीका लागि प्रख्यात ताल पुरिँदै

२०७३, २९ कार्तिक सोमबार ०५:०२


कात्तिक २९, कञ्चनपुर । एकै साथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा रहेको बन्दाताल संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । 

संरक्षण संवद्र्धनको अभावमा ५० बिगाहा क्षेत्रफलमा फैलिएको ताल पुरिएर २६ बिगाहा क्षेत्रफलमा सीमित भएको छ । एकै साथ दर्जनौँ प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था नहुँदा बर्सेनि क्षेत्रफल घट्दै जान थालेको पूर्व गाविस उपाध्यक्ष तिलक भट्टले बताउनुभयो । 

ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिनबेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर जति माटोको छेकबार निर्माण गरिए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । 

वर्षात्मा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरे मात्रै ताललाई जोगाउन सकिन्छ उहाँले भन्नुभयो, “ताल पुरिनबाट नजोगाउने हो भने एक दशकमै ताल लोप हुन्छ ।” तालमा जलकुम्भी, बेसरमलगायतका झारपातले समेत पुर्दै लगेको छ । 

वर्षात्का बेला तालमा बढी पानी भए नजिकको बस्तीका ३० बढी घर डुबानमा पर्ने र बालुवाले खेतीयोग्य जग्गा पुर्ने कार्य हँुदै आएकाले तालमा छेकबारका लागि सम्बन्धित निकायले चासो देखाउनु पर्ने अमर रानाले बताउनुभयो । तालको उत्तरी क्षेत्रमा जङ्गल र अन्य क्षेत्रमा बस्तीले घेरिएको गोलो घेरामा बन्द आकृतिमा रहेकाले यस तालको नाम बन्दाताल रहन गएको यहाँका बूढापाका बताउँछन् । 

बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अजुर्नसिंह कार्की नगरभित्रका तालतलैया संरक्षणका लागि नगरपालिकाले जगेडा कोषअन्तर्गत रु १० लाख बजेट विनियोजन गरेको बताउनु हुन्छ । 

तालको मनोरम दृश्य नियाल्न, दर्जनौँ प्रजातिका माछा र जलपक्षीको क्रिडा हेर्न आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो लाग्ने गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरभन्दा झन्डै ६० किलोमिटर र कैलाली सदरमुकाम पश्चिम झन्डै २० किलोमिटरको दूरीमा यो ताल पर्दछ । 

तालसम्म पुग्नका लागि कच्ची र धुलाम्मे सडका कारण ताल नियाल्न आउने आन्तरिक पर्यटकले सास्ती खेप्नुपरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह