९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा प्रथम सार्वजनिक सुनुवाई सम्पन्न

२९ कार्तिक २०७३, सोमबार १०:०१

विमल धामी/कात्तिक २९, कञ्चनपुर । कञ्चनपुर जिल्लाको सबै भन्दा सानो नगरपालिका बेल्डाँडी नगरपालिकाको सोमवार प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

नियमानुसार बर्ष भरिमा कम्तिमा ३ वटा सार्वजनिक सुनुवाई गर्नु पर्ने हुन्छ । 

बेल्डाँडी नगरपालिकाले पनि गत वर्ष देखि चौमासिक सार्वजनिक सुनुवाईलाई लगातार नियन्त्रता दिदै आएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । गत वर्ष देखि सपोर्ट फाउण्डेशनले जिल्लाका सबै जसो नगरपालिकामा सार्वजनिक सुनुवाईको लागि सहयोग गर्दै आएको सपोर्ट फाउण्डेशनका उत्तरदायि अधिकृत शंकर देव अवस्थीले जानकारी दिनु भयो । 

बेल्डाँडीमा पनि सपोर्ट फाउण्डेशनले बर्हिगमन अभिमत सर्वेक्षण र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन सार्वजनिक सुनुवाई गर्नु अघिनै तयार गरी सार्वजनिक सुनावाईको दिन नागरिकबाट आएका गुनासालाई सार्वजनिक गर्नुका साथै सरोकारवालाका लागि सुझाव दिईने गरेको छ ।

बेल्डाँडीको हकमा सार्वजनिक सुनुवाईमा पहिलेको भन्दा पछिल्लो समयमा सहभागि बढ्दै गएको कार्यालयले जनाको छ । स्थानियले कार्यक्रममा बोल्दै कार्यालयले सबै गर्नु पर्ने कुरा सहि तरिकाले सार्वजनिक गर्न नसकेको गुनासो गरेका थिए ।

उत्त कार्यक्रममा हाल सालै बेल्डाँडी नगरपालिकाले ज्यालामा नियुत्ति गरेका कम्पुटर अपरेटरको बिषमा बृहत गुनासो पनि आएका थिए । नेपाली काग्रेसका नगर प्रतिनिधि हर्क देव जोशीले कम्पुटर अपरेटरको बिषयमा मात्र बोल्नु भन्दा पनि अन्य कर्मचारी नियुत्तिको बिषमा पनि छलफल गर्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष अभिमान थापाले कर्मचारी नियुत्तिको बिषयमा प्रकृया पुर्याउनु पर्नेमा जोड दिएका थिए । नेकपा–माओवादीका प्रतिनिधि सन्देश पाण्डेले नियुत्तिको प्रकृया सरासरी गलत भएको बताए । उनले भने नियुत्ति दिदा प्रकृया पुर्याएर नियुत्ति दिनु पर्नेमा जोड दिएका थिए ।

 यस बिषमा बेल्डाँडीका कार्यकारी अधिकृतले बेल्डाँडी नपा कार्यालयमा कामको चापाचाप भएकोले ज्यालामा कर्मचारी राखेको बताए । बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भटट्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो