२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पेट्रोेल वितरणको स्पष्ट नीति नहुँदा सञ्चारकर्मी इन्धन पाउनवाट वन्चित

२४ मंसिर २०७२, बिहीबार ०६:०४

मंसिर
२४, पोखरा । 
देशमा विद्यमान इन्धनको चरम अभावसंगै इन्धन वितरणमा भएको मनोमानी प्रक्रियाले
सञ्चारकर्मीहरु समेत मर्कामा परेका छन् । पोखरामा अति आवश्यकीय क्षेत्रलाई इन्धन वितरण गर्ने जिम्मा
दिइएको कालिका फ्यूल सेन्टरमा वुधवार पेट्रोलका लागि पुगेका सञ्चारकर्मीहरु मध्ये केहीले इन्धन पाए त
केही रित्तै र्फकनु परेको थियो । इन्धन अभावलाई सहज वनाउन जिल्ला आपुर्ति समिति, कास्कीले वैठक वसी
नियमित रुपमा विभिन्न क्षेत्रलाई इन्धनको कोटा निर्धारण गर्ने गरेको भएता पनि कोटा प्राप्त गर्ने
सम्वन्धित छाता संस्थाहरुले पारदर्शि सुचना नगरी दिंदा मर्कामा परेको धेरैको गुनासो आई रहेको छ

हाल सञ्चारकर्मीहरुलाई पेट्रोल सुविधाका लागि नेपाल पत्रकार
महासंघको सदस्यता अनिवार्य गरिएको तर सवै क्रियाशिल सञ्चारकर्मीहरु व्यवसायिक पत्रकारितामा संलग्न रहेता
पनि प्रक्रियागत एवम् प्राविधिक कठिनाईको कारण सवैले महासंघको सदस्यता प्राप्त गर्न सकिरहेका छ्रैनन ।
सञ्चारकर्मीको पहिचान महासंघको सदस्यता मात्र नभई, सञ्चार माध्यममा व्यवसायिक संलग्नता हो ।
सञ्चारकर्मीले इन्धन पाउन नसकेको वारेमा बुधबार दिउँसो नेपाल पत्रकार महासंघ, कास्कीका सभापति रामकृष्ण
ज्ञावलीलाई जिज्ञासा राख्दा आँफू पोखरा वाहिर रहेकाले सचिव र कोषाध्यक्षलाई जिम्मेवारी दिएको वताउनु भयो

दिउँसो एक वजेसम्म कालिका फ्यूल सेन्टरवाट पेट्रोल वितरण हुने
अनौपचारिक जानकारी प्राप्त भए पनि १२ः३० वजे नै कालिका फ्यूल सेन्टर पुगेका सञ्चारकर्मीहरुले इन्धन
पाएनन । इन्धनका लागि सेन्टरमा पुगेका सञ्चारककर्मी रित्तै फर्कनु परे पछि इन्धन वितरणको व्यवस्थापन
गर्न फ्यूल सेन्टरमा रहनु भएका शाखाका कोषाध्यक्ष राम प्रसाद तिमिल्सिनासंग जिज्ञासा राख्दा ६०० लिटर
पेट्रोल वितरण गर्ने भनिएकामा सवै वितरण सकिएको हुँदा समयमा आउनु पर्ने वताउनु भयो ।

इन्धन वितरणमा विवाद नहोस भनेर महासंघलाई वितरण गर्न दिइएकाले यस वारेमा
आँफूलाई केही थाहा नहुने फ्यूल सेन्टरको भनाई छ । तर चिरपरिचित केही व्यक्तिहरुलाई साँझसम्म पनि इन्धन
वितरण भई रहेको सर्वसाधारणको गुनासो छ । राज्यको चौंथो अंग भनिने सञ्चार क्षेत्रलाई प्रोत्साहित गर्न
इन्धन आपुर्तिको निर्णायक जिम्मेवारी लिएको जिल्ला आपुर्ति समिति र आम सञ्चार क्षेत्रको नेतृत्व गर्ने
छाता संस्था महासंघ दुवैले संवेदनशिल भएर सोच्नु पर्ने नेपाल पत्रकार महासंघका सदस्य एवम् रेडियो
सम्वृद्धका प्रवन्धक निर्देशक विश्व प्रकाश प्रसाई वताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा