२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पेट्रोेल वितरणको स्पष्ट नीति नहुँदा सञ्चारकर्मी इन्धन पाउनवाट वन्चित

२०७२, २४ मंसिर बिहीबार ०६:०४

मंसिर
२४, पोखरा । 
देशमा विद्यमान इन्धनको चरम अभावसंगै इन्धन वितरणमा भएको मनोमानी प्रक्रियाले
सञ्चारकर्मीहरु समेत मर्कामा परेका छन् । पोखरामा अति आवश्यकीय क्षेत्रलाई इन्धन वितरण गर्ने जिम्मा
दिइएको कालिका फ्यूल सेन्टरमा वुधवार पेट्रोलका लागि पुगेका सञ्चारकर्मीहरु मध्ये केहीले इन्धन पाए त
केही रित्तै र्फकनु परेको थियो । इन्धन अभावलाई सहज वनाउन जिल्ला आपुर्ति समिति, कास्कीले वैठक वसी
नियमित रुपमा विभिन्न क्षेत्रलाई इन्धनको कोटा निर्धारण गर्ने गरेको भएता पनि कोटा प्राप्त गर्ने
सम्वन्धित छाता संस्थाहरुले पारदर्शि सुचना नगरी दिंदा मर्कामा परेको धेरैको गुनासो आई रहेको छ

हाल सञ्चारकर्मीहरुलाई पेट्रोल सुविधाका लागि नेपाल पत्रकार
महासंघको सदस्यता अनिवार्य गरिएको तर सवै क्रियाशिल सञ्चारकर्मीहरु व्यवसायिक पत्रकारितामा संलग्न रहेता
पनि प्रक्रियागत एवम् प्राविधिक कठिनाईको कारण सवैले महासंघको सदस्यता प्राप्त गर्न सकिरहेका छ्रैनन ।
सञ्चारकर्मीको पहिचान महासंघको सदस्यता मात्र नभई, सञ्चार माध्यममा व्यवसायिक संलग्नता हो ।
सञ्चारकर्मीले इन्धन पाउन नसकेको वारेमा बुधबार दिउँसो नेपाल पत्रकार महासंघ, कास्कीका सभापति रामकृष्ण
ज्ञावलीलाई जिज्ञासा राख्दा आँफू पोखरा वाहिर रहेकाले सचिव र कोषाध्यक्षलाई जिम्मेवारी दिएको वताउनु भयो

दिउँसो एक वजेसम्म कालिका फ्यूल सेन्टरवाट पेट्रोल वितरण हुने
अनौपचारिक जानकारी प्राप्त भए पनि १२ः३० वजे नै कालिका फ्यूल सेन्टर पुगेका सञ्चारकर्मीहरुले इन्धन
पाएनन । इन्धनका लागि सेन्टरमा पुगेका सञ्चारककर्मी रित्तै फर्कनु परे पछि इन्धन वितरणको व्यवस्थापन
गर्न फ्यूल सेन्टरमा रहनु भएका शाखाका कोषाध्यक्ष राम प्रसाद तिमिल्सिनासंग जिज्ञासा राख्दा ६०० लिटर
पेट्रोल वितरण गर्ने भनिएकामा सवै वितरण सकिएको हुँदा समयमा आउनु पर्ने वताउनु भयो ।

इन्धन वितरणमा विवाद नहोस भनेर महासंघलाई वितरण गर्न दिइएकाले यस वारेमा
आँफूलाई केही थाहा नहुने फ्यूल सेन्टरको भनाई छ । तर चिरपरिचित केही व्यक्तिहरुलाई साँझसम्म पनि इन्धन
वितरण भई रहेको सर्वसाधारणको गुनासो छ । राज्यको चौंथो अंग भनिने सञ्चार क्षेत्रलाई प्रोत्साहित गर्न
इन्धन आपुर्तिको निर्णायक जिम्मेवारी लिएको जिल्ला आपुर्ति समिति र आम सञ्चार क्षेत्रको नेतृत्व गर्ने
छाता संस्था महासंघ दुवैले संवेदनशिल भएर सोच्नु पर्ने नेपाल पत्रकार महासंघका सदस्य एवम् रेडियो
सम्वृद्धका प्रवन्धक निर्देशक विश्व प्रकाश प्रसाई वताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु