प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अर्थमन्त्रीका स्वकिय सचिव जितजंगप्रति दर्लिङ्गवासीको अपेक्षा

२९ कार्तिक २०७३, सोमबार १३:११


प्रेम सुनार/कात्तिक २९, गुल्मी ।  माओवादी द्धन्द्धकालमा आधार ईलाका बनाउँदै लामोा समय सम्म गुल्मीको दर्लिङ्गमा ईन्चार्ज रहेका जितजंग यति वेला अअर्थमन्त्रीको स्वकिय सचिव बनेका छन् । 

लामोा समय दर्लिङ्ग, नेटा, ह्वाङ्गदी र अर्खवाङ्गका जनताको घर दैलोमै  बसेका जितजंगको वास्तविक नाम निमकान्त डाँगी भएकोले धेरैपछि मात्र त्यहाँका जनताले उनि अर्ध मन्त्रीको स्वकीय सचिव बनेको थाह पाए । 

थाह पाउन साथ त्यस भेगका सर्वसाधरण देखि त्यहाँका सवै राजनैतिक दलहरुले समेत उनि संग केहि विकासे कार्यक्रमको अपेक्षा पालेका छन् । केहि दिन अघि सम्पन्न एकादशी मेला कार्यक्रममा सहभागी त्यहाँका सवैदेलका नेताहरुले द्धन्द्धकालमा आधार ईलाका बनाउँदा सवैले जितजंगलाई सहयोग गरेको स्मरण गर्दैै  उनकै आँखाले देखेर गएको पिछडीएको गाउँ दर्लिङ्गलाई केहि गर्लान् भन्ने आशा राखेको बताए । 

द्धन्द्धकालमा माओवादी पार्टी काममा खटिएर जाने क्रममा दर्लिङ्गका तुल्सी घर्तिको हस्तीचौर बडागाउँको विचमा पर्ने रातडाँडामा ज्यान गएको थियो । उनैको स्मृतिमा स्थापना गरिएको क्लवलेअहिले सम्म प्रत्येक वर्ष सांस्कृति संरक्षण र  खेलकुद विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । 

तुल्सी स्मृति युवा क्लवका अध्यक्ष दिपेन्द्र घर्ति भन्छन–‘ कार्यक्रम त गरिदै आएको छ तर न साउण्ड सिस्टम जोर्न ुसकिएको छ , न त खेल  मैदान प्रयाप्त  छ न त तुल्सी स्मृति प्रतिक्षालय बनाउन सकिएको छ । ’ उनले भने –‘जितजंग सर यहि वसेर अर्थमन्त्रीको  स्वकीय सचिव जस्तो उच्च पदमा पुगे पछि कम्तीमा पनि उहाँले त्यति काम त गरी दिनु हुन्छ कि भन्ने आशा लागेको छ । ’

त्यस्तै  जितजंगले कुनै समय दर्लिङ्ग दुनामका घर घरमा पुगेर कुनै दिन त्यहाँका गरिव दलितलाई माथी उठाउने गरेको कुरालाई पनि त्यहाँका वासीन्दाले स्मरण गरेका छन् ।  यसवारे स्थानियवासी संग जितजंग परामर्शमा रहेको बताईएको छ । शान्तिप्रकृयाको धेरै पछि सम्म पनि जितजंग दर्लिङ्ग भेगका ईलाका ईञ्जार्ज हुँदै जिल्ला कमिटीको  समेत ईञ्चार्ज हुँदै यहाँको माओवादी संगठनलाई मजवुद बनाएर हिडेका थिए । 

उनले निर्माण गरेको गुल्मी जिल्लाको माओवादी संगठन दोश्रो संविधानमा तिन वटै क्षेत्र जित्न सफल भएको थियो ।  ४ वर्ष अघि उनि गृह जिल्ला रोल्पामा कार्य क्षेत्र पारेर हिडेका थिए । उनि शान्ति प्रकृया पछि यहाँका सवै राजनैतिक दलहरु संग समेत मिलानसार नेताका रुपमा परिचीत भएर बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव