मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा बराबरी

२९ कार्तिक २०७३, सोमबार १३:२०


मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 

मेलाको बिशेष आकर्षकको रुपमा रहेको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा गोरखपुरका अनिल सहानी र महाराजगंजका शैलेश पहलवान बराबरीमा सावीत भएका छन् । यस्तै द्धित्तियमा शैलेश पहलवान र त्रितिय स्थानमा महराजगंजका गोदा पहलवान हुन सफल भएका छन् । 

कुस्ती प्रतियोगितामा ३२ जोडा पहलवानहरु प्रतिस्पर्धा गरेका थिए भने प्रथम हुने २ पहलवानलाई एकमुष्ठ रु ११ हजार , द्धितिय हनुे पहलवान शैलेशलाई रु ७ हजार , एकथान टिभि र शिल्ड , तिृतिय हुने पहलवान गोदालाई रु ५ हजार सहित साईकल र शिल्डले पुरस्कृत गरिएको छ । यस्तै गतवर्ष सञ्चालन गरिएको कुस्ती प्रतियोगिताको उपाधिका बिहारका पहलवानले हात पारेका थिए ।


नेपाली कांग्रेसका नेता एवं क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारको प्रमुख आतिथ्य तथा पक्लीहंवा गाविसका सचिव गणेश बिकको अध्यक्षतामा भएको एक कार्यक्रमवाट मेला र कुस्तीको उद्घाटन गरिएको थियो । सो अवसरमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले , नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभुनाथ यादव, निवर्तमान गाविस अध्यक्ष कृष्णनन्द चौधरी, मेलाका सहसंयोजक ओम प्रकाश तिवारी, सचिव कृष्ण बहादुर थापा लायतले आउने दिनमा थाडिघाट धाम मेलालाई अझै भब्य र ब्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जीत शर्माले गर्नु भएको मेला प्रचार प्रसार समितिका संयोजक श्याम थापाले जानकारी दिनुभयो ।   

एतिहासिक एवं पर्यटकिय क्षेत्र त्रिवेणि नदिको किनारमा सयौं वर्ष अघिदेखि कात्र्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा करिब ६० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ । 

 पवित्र त्रिवेण नदि संगै अवस्थित थाडिघाटको त्रिबेणि नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा पाठ गर्नाले मनोकामना पुरा हुने जनबिश्वास रहेको स्थानीयहरु बताउछन् । मेलामा नवलपरासी, रुपन्देही, भारतको युपी, बिहार लगायतका ठाँउहरुवाट मानिसहरु मेला अवलोकनका लागि आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य