९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माग पुरा नभए नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने

३० कार्तिक २०७३, मंगलवार ०३:११

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाविस काँडालाई छुट्टै गाउँपालिकामा समावेस नगरे काँडाबासिहरुले नेपाली नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

जिल्लाका राजनितिक दल र स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले काँडा गाविसलाई  छुट्टै गाउँपालिका बनाउने आश्वासन दिएको भएपनि निर्वाचन आयोगले काँडालाई छुट्टै गाउँपालिकामा समाबेस नगरेकोले काँडाबासीहरु आन्दोलनमा उत्रेका हुन ।

काँडा अति विकट र दुर्गम गाविस भएकाले भुगोलका आधारमा काँडालाई छुट्टै गाउँपालिकामा समावेस गनुपर्ने मा राख्दै सोमबार काँडा गाविसका पार्टी प्रतिनिधि र सर्बसाधारणहरुले स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिलाई ज्ञापन पत्र बुझाएका छन ।

काँडा गाविसबाट सदरमुकाम चैनपुर पुग्न ४ दिन पैदल हिड्नुपर्छ काँडाका समिप कुमार बोहराले भने राज्यले काँडाका बासिन्दाहरुलाई सौतेनी व्यवहार गरेको छ राज्यले काँडालाई छुट्टै गाउँपालिका नबनाए कडा आन्दोलन उत्रने छौ ।

छुट्टै गाउँपालिकाको माग राख्दै काडाँबासीले स्थानिय निकाय पुनः संरचना प्राविधिक समिति लाई ज्ञापन पत्र बुझाउने,जिविसमा तालाबन्दी गर्ने,बिरोध जुलुस सहित लोकतान्त्रिक चोकमा कोण सभा गर्ने, सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने, काँडा गाविस भरीका सम्पूर्ण नेपालि नागरिकता फिर्ता बुझाउने, गाउँ परिषद बहिष्कार गर्ने, स्थानिय निर्वाचनमा भाग नलिने, सम्पुर्ण काँडाका बासिन्दाहरु कुनैपनि राजनितिक दलसँग आबद्घ नरहने गरी सदस्यता परित्याग गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

काँडा गाविसहरुको मागका लागि समितिको बैठक बसी आयोगसँग छलफल भइरहेको स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो