९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दाहालको हत्या गर्ने पाँचजना पुर्पक्षका लागि थुनामा

३० कार्तिक २०७३, मंगलवार ०३:१३

कात्तिक ३०, मोरङ । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । 

दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारीमा फ्यालेको अवस्थामा शव फेला परेको थियो । 

घटनामा संलग्न विराटनगर–५ की १८ वर्षीया फूलकुमारी उराव, सोही ठाउँका डाइलर भनिने २० वर्षीय युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव उराउ, २२ वर्षीय सुरज उराउ र हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई पक्राउ गरेर मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । 

घटनामा संलग्नले मागेका बेला लागुपदार्थ र चुरोट नदिएको विषयलाई लिएर नियोजित रुपमा दाहालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो