२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दाहालको हत्या गर्ने पाँचजना पुर्पक्षका लागि थुनामा

२०७३, ३० कार्तिक मंगलवार ०३:१३

कात्तिक ३०, मोरङ । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । 

दाहालको गत असोज २८ गते हातखुट्टा डोरीले बाँधेर पेट र घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि धानबारीमा फ्यालेको अवस्थामा शव फेला परेको थियो । 

घटनामा संलग्न विराटनगर–५ की १८ वर्षीया फूलकुमारी उराव, सोही ठाउँका डाइलर भनिने २० वर्षीय युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव उराउ, २२ वर्षीय सुरज उराउ र हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई पक्राउ गरेर मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । 

घटनामा संलग्नले मागेका बेला लागुपदार्थ र चुरोट नदिएको विषयलाई लिएर नियोजित रुपमा दाहालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह