९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

भेटी र दानबाट आठ करोड बराबरको विभिन्न पूर्वाधार निर्माण

३० कार्तिक २०७३, मंगलवार ०७:४७

कात्तिक ३०, म्याग्दी । भेटी र दानबाट सङ्कलित रकमको सही व्यवस्थापन र पारदर्शिता अपनाउन सकियो भने करोडौका पूर्वाधार निर्माण गर्न सहज हुने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ।

मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको रकम र तीर्थयात्रीले दिएको दानबाट सङ्कलित आठ करोड रुपैयाँको लागतमा विभिन्न भवनका साथै बाटो निर्माणमा टेवा पुगेको छ ।

सो रकमबाट गलेश्वरमा धर्मशाला, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका काम सम्पन्न भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।

छ वर्ष अगाडिसम्म गलेश्वर मन्दिरमा वार्षिक करिव ८० हजार रुपैयाँ भेटी सार्वजनिक हुन्थ्यो। मन्दिर प्रवेश गरेका भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालीग्राम, कुण्डलगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा थिएन।

विसं ०५७ देखि ६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटी ३१ लाख बराबर थियो।

विसं २०६७ मा समाजसेवी रुद्रबहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ समितिले भेटी व्यवस्थापनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाएको ६ वर्षको अन्तरालमा मन्दिरमा करोडौंका पूर्वाधार थपिएको हो।

‘अस्तव्यस्त अवस्थामा मैले जिम्मेबारी सम्हालेको थिएँ। भेटी व्यवस्थापन गर्न केहीवर्ष धेरै मेहनत गर्नुप¥यो’ कार्कीले भने। भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन्। मन्दिरका तीन पुजारीमध्ये मुख्य पुजारीलाई १५ हजार, सहायकलाई १० हजार र सहयोगीलाई चार हजार तलबसहित खाने–बस्ने व्यवस्था गरिएको छ।

मन्दिर स्थापनादेखि ०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा, आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मालम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए।

अहिलेसम्म भेटी, महायज्ञ र चन्दाबाट ८ करोड रुपैयाँको पूर्वाधार थपिएको छ। गत साउन महिनामा मात्रै १३ लाख भेटी सङ्कलन भएको थियो।

साउने सोमबार र शिवरात्रिका बेला लाखौँ भेटी सङ्कलन हुने गरेको छ। मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ। कृष्णगण्डकीदेखि नौ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा निर्मित मन्दिरभित्र विराजमान भएकाज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको धार्मिक विश्वास छ।

यसैबीच गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारी समेत भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो