९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नदी तर्न नसक्दा विद्यालय छाड्दै

३० कार्तिक २०७३, मंगलवार ०७:५६

कात्तिक ३०, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् ।

विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् ।

जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएका बताउँछन्। “वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,” उनले भने ।

नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् ।

जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताए । “दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,” उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो