२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नदी तर्न नसक्दा विद्यालय छाड्दै

२०७३, ३० कार्तिक मंगलवार ०७:५६

कात्तिक ३०, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् ।

विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् ।

जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएका बताउँछन्। “वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,” उनले भने ।

नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् ।

जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताए । “दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,” उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा