२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पोषण सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

२०७३, १ मंसिर बुधबार ०३:११

खकेन्द्र केसी/मङ्सिर १, सल्यान । पोषण तथा खाद्य सुरक्षा सम्बन्धि पैरवी कार्यक्रम मंगलबार सल्यानको खलंङगामा सम्पन्न भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा भएको उक्त्त कार्यक्रममा सल्यानमा पोषणको बदलिंदो मानचित्र र नेपालको स्वास्थ्य  क्षेत्रको बारेमा जानकारी दिइएको थियो जसमा बाल मृत्युदर घटाउन पोषणमा सुधार गर्नुपर्ने बताएको थियो । 

त्यस्तै सल्यानमा पोषण सुधार सम्बन्धि सुनौलो हजार दिनका महिलाहरुलाई तालिममा समेटेर त्यसको महत्व बारे स्वास्थ्य आमा समुहले बुझेको र व्यबहारमा लागु भईरहेको बताएको थियो । साना अनुदानबाट झिम्पे गा.वि.स. धुवारहित गा.वि.स. घोषणा गर्ने चरणमा पुगेको जानकारी दिइएको थियो 

त्यस्तै कार्यक्रममा कृषि तथा खाद्य सुरक्षा आयोजनाका बारे जानकारी पनि दिइएको थियो । 

जस अनुसार सल्यानमा फागुन देखि असार महिना सम्म खाद्य असुरक्षाको अवस्था बढी रहेको तथ्यांकले देखाएको थियो भने महिलाको खानपानमा हरिया सागसब्जी, भिटामीन ए युक्त तरकारी, मासु, अण्डा खानेको मात्र कम रहेको देखाएको छ । 

ग्रामिण विकास सहकारीको हल खलंङगामा भएको कार्याक्रमको प्रमुख अतीथि सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन रहेका थिए भने अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय सल्यानकी प्रमुख डाक्टर मनिषा रावलले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु