९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पोषण सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

१ मंसिर २०७३, बुधबार ०३:११

खकेन्द्र केसी/मङ्सिर १, सल्यान । पोषण तथा खाद्य सुरक्षा सम्बन्धि पैरवी कार्यक्रम मंगलबार सल्यानको खलंङगामा सम्पन्न भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा भएको उक्त्त कार्यक्रममा सल्यानमा पोषणको बदलिंदो मानचित्र र नेपालको स्वास्थ्य  क्षेत्रको बारेमा जानकारी दिइएको थियो जसमा बाल मृत्युदर घटाउन पोषणमा सुधार गर्नुपर्ने बताएको थियो । 

त्यस्तै सल्यानमा पोषण सुधार सम्बन्धि सुनौलो हजार दिनका महिलाहरुलाई तालिममा समेटेर त्यसको महत्व बारे स्वास्थ्य आमा समुहले बुझेको र व्यबहारमा लागु भईरहेको बताएको थियो । साना अनुदानबाट झिम्पे गा.वि.स. धुवारहित गा.वि.स. घोषणा गर्ने चरणमा पुगेको जानकारी दिइएको थियो 

त्यस्तै कार्यक्रममा कृषि तथा खाद्य सुरक्षा आयोजनाका बारे जानकारी पनि दिइएको थियो । 

जस अनुसार सल्यानमा फागुन देखि असार महिना सम्म खाद्य असुरक्षाको अवस्था बढी रहेको तथ्यांकले देखाएको थियो भने महिलाको खानपानमा हरिया सागसब्जी, भिटामीन ए युक्त तरकारी, मासु, अण्डा खानेको मात्र कम रहेको देखाएको छ । 

ग्रामिण विकास सहकारीको हल खलंङगामा भएको कार्याक्रमको प्रमुख अतीथि सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन रहेका थिए भने अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय सल्यानकी प्रमुख डाक्टर मनिषा रावलले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो