९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देविस्थानले निसीखोलाको केन्द्र झिवाखोला नमान्ने

१ मंसिर २०७३, बुधबार ०३:१३

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले त्यसको विरोध गरेको छ । 

सोमबार जिल्ला स्तरिय राजनैतिक दल तथा जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोलामा राख्ने प्रश्ताव गरेको थियो । 

कात्तिक २४ गते बागलुङ बजारमा भएको सर्वदलिय बैठकले देविस्थानको वडा नम्बर–९ खाडुमा केन्द्र राख्ने सहमती अनुसार निसीखोलामै बस्न सहमत भएपनि त्यसको पालना नभएपछि आफुहरु अब ढोरपाटन नगरपालिकामा जाने नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिनुभयो । 

देविस्थानमै केन्द्र राख्ने सहमती कार्यान्वयन भएमात्र आफुहरु निसीखोलामै बस्ने त्यसो नभए बुर्तिबाङ केन्द्र हुने स्थानिय निकायमा जाने पुर्व धारणा अनुसार अव बुर्तिबाङमा राख्न दवाव दिने निर्णय भएको उहाँको भनाई छ । 

‘हामीसँग भएको सहमतीमा धोका भयो ।’ मल्लले भन्नुभयो, अब हामी प्रश्तावित ढोरपाटन नगरपालिकामै जान्छौँ, त्यसका लागि दवाव सिर्जना गर्न हामी जुनसुकै संघर्ष गर्न पनि तयार छौँ ।’ उहाँले नेपाली काँग्रेशका भविन्द्र कुँवार लगायतले आफ्नो स्वार्थका लागि निसीखोला नै उपयुक्त हुने भन्दै आरोप लगाउनुभयो । 

नेकपा माओवादी केन्द्रका कुविर विश्वकर्माले पुर्व सहमती अनुसार राजकुतलाई पनि निसीखोला गाउँपालिकामा राख्नुपर्ने र देविस्थान नै केन्द्र हुनुपर्ने माग गर्नुभएको छ । 

बैठकमा  नेपाली काँग्रश देविस्थान सभापती ईन्द्रबहादुर मल्ल, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष छविलाल कुँवर, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य कुविर विश्वकर्मा, राजमो देविस्थानका अध्यक्ष डिलबहादुर कार्की, राप्रपा नेपाल कृष्णबहादुर मल्ल र नेकपा माओवादीका ढालबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो