४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

संरक्षणको अभावमा महत्व गुमाउँदै ‘रामगुफा’

१ मंसिर २०७३, बुधबार ०३:४६

मङ्सिर १, पाल्पा । रामपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको रामगुफाको संरक्षण हुन नसक्दा यसको प्राचीन महत्व हराउँदै गएको छ । 

त्रेतायुगमा भगवान् रामले तपस्या गरेको रामगुफा संरक्षणको अभावमा यसको ऐतिहासिक एवम् धार्मिक महत्व ओझेलमा परेको छ । 

कालीगण्डकी नदीको तटमा रहेको पवित्र रामघाटमा भगवान् रामले दिनहुँ नुहाएको र यस रामगुफामा तपस्या गरी बसेको किम्बदन्ती छ । भगवान्का आकृति रहेको यो गुफा झन्डै ५० मिटरको लम्बाइमा फैलिएको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । 

गुफाभित्र शङ्खाकार, विभिन्न भगवान्का आकृति भेटिनुका साथै गुफाभित्र पानीका मुहान पनि रहेका छन् । यस गुफालाई वर्षौंदेखि चमेराले वासस्थान बनाउँदै आएका छन् । 

ऐतिहासिक पर्यटकीय रामगुफाको विकासमा सम्बन्धित निकायको ध्यान जानसके यस क्षेत्रको विकास अगाडि बढ्ने थियो । रामघाट परिसरमा रामगुफासँगै अन्य छवटा गुफा रहेका छन् । यस रामगुफालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि यहाँका स्थानीयले रामपुर नगरपालिकामा पहल गरिरहेको ओमप्रकाश रेग्मीले बताउनुभयो । 

यस गुफाको संरक्षण र स्तरोन्नति गर्नसके यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ । 

तुलादानको रकम विद्यालयलाई 

यसैबीच, सेखाम गाविस–६ बस्ने ईश्वरीप्रसाद पौडेलले तुलादान गरेको रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । राममन्दिर उच्च माध्यमिक विद्यालय मल्याङ्गकोटका लागि तुलादानबापतको रु २० हजार १०१ उहाँले हस्तान्तरण गर्नुभएको हो । 

विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार खाँडलाई सो रकम हस्तान्तरण गर्दै उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्न आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ