९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बिजुली हुकिङ गर्ने एघार पक्राउ

१ मंसिर २०७३, बुधबार १२:२४

मङ्सिर १, राजविराज । विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् ‘हुकिङ’ नियन्त्रण गर्ने अभियानअन्र्तगत आज ११ जना विद्युत् चोरलाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सदरमुकाम राजविराजबाट उनीहरुलाई विद्युत् हुकिङ गर्दागर्दै पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । 

पक्राउ परेका व्यक्तिमाथि विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने प्राधिकरणले जनाएको छ । 

यस्तै प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्दामा अदालतबाट फरार दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका–२ फतेपुर बस्ने महेन्द्र चौधरी र बहुविवाह मुद्दाका फरार लिल मो मन्सुरी रहेको इप्रका कञ्चपुरले जनाएको छ । 

जिल्ला अदालत राजविराजले चौधरीलाई दुई दिन कैद र रु १२ हजार जरिवाना सजाय तोकेको थियो भने मन्सुरीलाई एक महिना कैद र रु दुई हजार जरिवाना गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो