४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ३३ प्रतिशत विद्युत् चुहावट

२ मंसिर २०७३, बिहीबार ०७:३४

मंसिर २, भक्तपुर । उपत्यकालाई विद्युत् भार कटौती मुक्त गर्ने अभियानलाई सफल पार्न नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको छ । 

अभियान सुरु गरेकै दिन प्राधिकरणले बुधबार भक्तपुर नगरपालिका–२ लिवालीमा १२ वटा घरमा विद्युत् चोरी गरेर सञ्चालन गरेका लाखौँ मूल्य बराबरको विभिन्न मेसिन नियन्त्रणमा लिएको छ । 

प्राधिकरणका कर्मचारी र प्रहरीको टोलीले लिवाली क्षेत्रमा आकस्मिक विद्युत् चुहावट निरीक्षण गर्दा घरघरमा विद्युत् चुहावट गरेको पाइएको छ । भूकम्पपीडित बसेको टहरा, नयाँ बन्दै गरेको अधिकांश घरमा विद्युत् चुहावट गरेको पाइएको बताउँदै प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले भन्नुभयो– “विद्युत् चोरी गर्दै गरेका घरबाट चोरीमा प्रयोग भएका केबल ९तार०, पानी तान्ने पम्प, पानीको पाइप, ब्याट्री, इन्भटर, काठ चिरानमा प्रयोग गरिने मेसिनलगायतका सामान नियन्त्रणमा लिएका छौँ ।” 

नियन्त्रणमा लिएका सामान प्रयोग गर्ने व्यक्तिलाई नियमानुसार जरिवाना लिइने बताउँदै उहाँले जरिवाना नतिर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । 

मिटर नराखी विद्युत् चोरी गरेको, हुकिङ गरेर चोरी गरेको, नयाँ बन्दै गरेको अधिकांश घरमा चोरी कै विद्युत्बाट काठ चिरान गर्ने, मेसिन लगाएर पानी तान्ने, मार्बल काट्नेलगायतका काम भइरहेको पाइएको उहाँले बताउनुभयो । 

भक्तपुरमा अझै पनि ३३ प्रतिशत विद्युत् चुहावट भइरहेको बताउँदै शाखा प्रमुख अमात्यले चुहावटलाई शून्यमा झार्न विशेष अभियानलाई निरन्तरता दिने बताउनुभयो । 

उपत्यकामा भक्तपुर जिल्ला सबैभन्दा बढी विद्युत् चुहावट हुने जिल्ला भएकाले विशेष अभियानलाई निरन्तरता दिने अमात्यले बताउनुभयो । प्राधिकरणका अनुसार विशेष गरी भक्तपुर नगरपालिका क्षेत्रभित्र बढी विद्युत् चुहावट भएको पाइएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले माइकिङ गर्ने, सूचना तथा सन्देश प्रवाह गर्ने कामलाई समेत तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ