सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सर ! एउटा किड्नीलाई कति पर्छ ?

२ मंसिर २०७३, बिहीबार ११:३६

सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको व्यवस्था छ । तर, घरपरिवारको कोही सदस्यलाई किड्नीको आवश्यकता पर्दा परिवारकै सदस्यले भने एउटा किड्नी दिन सक्छन् । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनु पर्दछ ।’

अाफ्नो जिज्ञासा राख्दै कक्षा ९ की छात्रा …..

यसरी बालबालिकाहरुलाई कानुनी सचेतना कक्षा लिँदै हुनुहुन्थ्यो बर्दियाका वरिष्ठ अधिवक्ता नरेन्द्र शर्मा कोईराला र कमल प्रसाद पाण्डे । अधिवक्ताद्वयले जिल्ला सदरमुकाम गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुनी सचेतना कक्षा लिने क्रममा उपरोक्त कुरा बताउनुभएको हो । विद्यार्थी जीवनदेखि नै कानुनमा भएका महत्वपूर्ण कुराहरुको जानकारी भएमा भोलिको समाज समुन्नत र सुसंस्कृत बन्ने अपेक्षाका साथ सामाजिक कानुनी सहायता केन्द्रको आयोजनामा यो कानुनी सचेतना कक्षा सञ्चालन गरिएको अार्थिक प्रशासन शाखाका केदार पौडेलले जानकारी दिनुभयो । 

कानुनी सचेतना कक्षामा सहजीकरण गर्नुहुँदै अधिवक्ता नरेन्द्र शर्मा कोइराला …..

जिल्ला कानुनी सहायता समितिले निःशुल्क रुपमा कानुनी सहायता र परामर्श दिँदै आएको छ । यसै क्रममा विभिन्न समुदायमा कानुनी सचेतना, सडक नाटक, कानुनी परामर्श तथा सहजीकरण गर्ने क्रममा केन्द्रले आज यो कार्यक्रमको आयोजना गरेको पौडेलले साझा सबाललाई बताउनुभयो । 


आज लिइएको कक्षामा विद्यार्थीहरुलाई बाल बिवाह, बाल अधिकार, मानव अधिकार लगायतका विषयहरुमा सचेतीकरण गरिएको अधिवक्ता कमल पाण्डेले बताउनुभयो । यस प्रकारका कार्यक्रमहरुले कम्तीमा पनि आजका बालबालिकाहरुलाई कानुनी रुपमा सचेत बनाउन सकिने र उनीहरुका माध्यमबाट समाजमा सकारात्मक सोचको विकास हुन सक्ने अधिवक्ता नेरन्द्र शर्मा कोइरालाले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो