मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् ।&"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आफनो क्षेत्रको समस्याको निकासका लागि नवलपरासीका युवाहरुको पहल

२ मंसिर २०७३, बिहीबार १३:३०


मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् । 

सेमरीको गोपीगंज स्थित पिस प्वाईन्ट पार्टि प्यालेसमा आज भएको युवाहरुको भेलाले अन्य क्षेत्रभन्दा सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, युवा बेरोजगारी, सिमा, गण्डक लगायतका गम्भीर समस्याहरु बर्षौदेखि रहेको भन्दै ति सम्सयाको समाधानलाई उचित निकास दिन मांग गरेका हुन् । 

क्षेत्र नम्बर ६ मा पर्ने १४ वटा गाविसका ५० जना युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा युवाहरुले सो क्षेत्रको धेरै जसो समस्याहरु राजनितिक कारणले समाधान हुन नसकेको भन्दै क्षेत्रिय तहको  स्वतन्त्र युवा समिति गठन गरि बिभिन्न समस्याको बारेमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्ने बताएका छन् । 

कुनै एक राजनितिक पार्टिभन्दा स्वतन्त्र क्षेत्रिय युवा समिति बनाउने योजना रहेका अगुवाहरुले पहिला क्षेत्र नम्बर ६ का सबै गाविसमा ईकाई युवा समिति र क्षेत्रिय युवा समिति बनाउने बताएका छन् । बनाउन लागको युवा समिति र त्यस्को कार्यको बारेमा युवाहरुको भेला गरि बिचार परामर्श गरिएको हाम्रा सहकर्मि नन्दु यादवले बताएका छन् । 

भेलावाट पुष महिना सम्म गाँउ बिकास समितिमा ईकाई समिति गठन गरि क्षेत्रिय युवा समिति गठन गर्ने निर्णय गरिएको छ । सञ्जीत शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवा नेताहरु उमेशचन्द्र यादव, अनोज यादव, शिशुपाल कुश्वाहा, आदित्य पाल, कालिचरण यादव , रेडियो परासीका संवाददाता श्याम थापा लगायतले क्षेत्र नम्बर ६ को बिकासमा युवाहरुको अहम भुमिका रहेकोमा जोड दिएका थिए ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो