२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको अमरसिंहमा छैठौ संस्करणको पोखरा महोत्सव शुरु

३० पुष २०७२, बिहीबार १४:१९

शिब न्यौपाने / पुस ३०, पोखरा । पोखराको अमरसिंह चौरमा
आजदेखि छैठौ संस्करणको पोखरा महोत्सव शुरु हुदैछ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल
नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकिय गन्तब्य
चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै आएको स्थानिय युनाइटेड क्लवले गर्दै आएको छैठौ संस्करणको
महोत्सव आजदेखि शुरु हुने भएको हो ।

माघ १० गते सम्म चल्ने
छैठौ संस्करणको पोखरा महोत्सवको नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेतले उद्घाटन गर्नुहुनेछ ।
महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला
सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको
सेवा बारे जानकारी, गराइने महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिनुभयो । यसैविच
महोत्सवलाई सफल वनाउनका लागी हिजो महोत्सव स्थल वरपर रहेका वडाका महिलाहरुको भेला सम्पन्न भएको छ । वडा
नम्बर १२, १३, १८, १५ र ९ का वडा महिला समन्वय समितीका अध्यक्ष तथा पदाधिकारीहरुले पोखराको गौरवको रुपमा
रहेको पोखरा महोत्सवलाई भब्य र सब्य बनाउनका लागी सक्दो सहयोग गर्ने भेलाले निर्णय गरेके नगर महिला
समन्वय समिती कास्कीका अध्यक्ष पवित्रा गुरुङले जानकारी दिनुभयो ।

यस्तै आगामी फागुन ५ देखि सुरु हुने लेखनाथ महोत्सबको लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
आयोजक लेखनाथ उद्योग बाणिज्य संघले फागुन १६ सम्म सञ्चालन हुने १२ औं लेखनाथ महोत्सबको स्टल बुकिङ
खुल्ला गरेको जानकारी दिएको हो । महोत्सवमा रहने स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ ।
महोत्सवमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, फुड फेस्टिवल, अटो, हस्तकला, मेशेनरी, फुड एण्ड वेभरेज,
साधारण, गार्मेन्ट र कर्पोरेट लगायत जम्मा तिन सय स्टल रहने छन् । महोत्सवमा पुग्ने दर्शकको सुविधालाई
मध्यनजर राख्दै विभिन्न प्रकारका स्टलहरुलाई फरक फरक स्थानमा राखिएको पुर्वाधार निर्माण तथा स्टल
व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले जानकारी दिनुभयो । लेखनाथ महोत्सवमा विगतका अनुभवलाई आधार
मानेर पहिलाको दश दिन आफ्ना सदस्यहरुलाई मात्र स्टल वुकिङ खुल्ला गरिएको र अव सवैका लागि स्टल वुकिङ
खूल्ला भएको संयोजक पन्थीले बबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव