२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नाकाबन्दीकै कारण अन्तर्राष्ट्रिय चिडियाखानाको काम रोकियो

३० पुष २०७२, बिहीबार १४:२१

शिब न्यौपाने / पुस ३०, पोखरा । लामो
समयको नाकाबन्दीका कारण कास्कीको लेखनाथ नगरपालिका पचभैयाँमा निर्माण भैरहेको अन्तराष्ट्रिय
चिडियाखानाको काम रोकिएको छ । नाकाबन्दीले निर्माण सामाग्री अभाव हुदाँ काम रोकिएको हो

चिडियाखाना निर्माण अन्तर्गत पहिलो चरणको डि.पि.आर। र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको
अवस्थामा नाकाबन्दीले निर्माणको कामलाई अगाडी वढाउन नसकिएको पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण
समितिका संयोजक तथा यूनाईटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले बताउनुभयो ।

नाकाबन्दी हट्नासाथ चिडियाखाना निर्माण
प्रकृयालाई अगाडी वढाउने बताउदै बख्रेलले क्लबले अहिलेसम्म चिडियाखाना निर्माणका लागि १४ लाख ९० हजार
संकलन गरेको जानकारी पनि दिनुभयो । २०६७ सालमा स्थापना भएको यूनाईटेड क्लबकै पहलमा पचभैयाको वडानम्बर
११,१२ र १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना
निर्माणको काम अगाडि बढेको हो । क्लबले अर्को वषसम्ममा चिडियाखानाको निर्माण सक्ने लक्ष्य लिएको छ ।
चिडियाखाना निर्माणकै सम्बन्धमा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले
जानकारी दिनुभएको ।

भूकम्पपछिको नाकाबन्दीले इन्धन अभाव
हुदाँ कास्कीमा विकास निर्माण योजनाहरू ठप्प भएका छन । लामो समयदेखि सहज रुपमा ईन्धन भित्रन नसक्दा
जिल्लाभरका विभिन्न योजनाहरु प्रभावित बनेका हुन् । कतिपय योजनाहरु काम हुदाँहुदै रोकिएका छन् भने कति
योजनाहरुको काम शुरु हुनै सकेको छैन । नाकाबन्दीपछि योजनाहरु सम्झौता हुनै छाडेको जिल्ला विकास समिति
कास्कीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत किर्तनराज पौडेलले बताउनुभयो । काम शुरु भएका योजनामा पनि
काम गर्न सक्ने अवस्था नरहेको जानकारी आएको उहाँको भनाई छ ।

हंसपुर गाविसको करिब १७ किलोमिटर लामो
शघ्रबास–कोइलेनी–मादबेंसी सडक पनि नाकाबन्दीको प्रभावमा परेको छ । यो सडक मर्मतका लागि जिल्ला विकास
समितिबाट ५ लाख रुपैयाँ विनियोजन भएको छ । अहिलेसम्म यो रकम निकासा भएर सडक मर्मतको काम सकिनुपर्नेमा
अहिलेसम्म योजनाको सम्झौता हुन सकेको छैन । नाकाबन्दीपछि इन्धन अभावले विभिन्न निर्माण सामग्री र
ढुवानीको लागत महँगो पर्ने भएपछि सम्झौतामात्र गरेर नहुने उपभोक्ता समितिका अध्यक्ष बुद्धिनाथ
न्यौपानेले बताउनुभयो ।

त्यस्तै कास्कीकै घान्द्रुक गाविसको कोलक्रोखोलामा १४ लाख ७९ हजार ७ सय ८१ रुपैयाँको लागतमा
झोलुंगे पुल निर्माणका लागि पुस १३ मा सम्झौता भएको छ । सम्झौतापछि ४ लाख ८० हजार रुपैयाँ निकासा पनि
भएको छ । तर, काम भने सुरु हुन सकेको छैन । आगामी चैतभित्र काम सक्नेगरी सम्झौता भएको छ । तर, कामै
नभएकाले समयमै नसकिने भएपछि उपभोक्ता अन्यौलमा परेका छन् । सामान नै नभएकोले काम अगाडी बढाउन नसकिएको
निर्माण समितिका अध्यक्ष डम्बरबहादुर गुरुङले बताउनुभयो ।

जिल्ला विकास समितिले पहिलो चौमासिकभित्र करिब ३०
देखि ४० प्रतिशतसम्म योजनाको काम सक्नुपर्नेमा अहिलेसम्म सम्झौता समेत हुन नसकेको स्थानीय विकास अधिकारी
रामचन्द्र तिवारीले बताउनुभयो । चालू आर्थिक वर्षमा जिल्लामा ८ सय भन्दा बढी योजना छनौट भएका छन् ।
तीमध्ये १ लाख भन्दामाथिका मात्रै ३ सय ४३ योजना छन । योजनाको साढे १५ अर्बभन्दा बढी बजेटमा अहिलेसम्म
२८ लाख ८६ हजार रुपैयाँमात्र निकासा भएको छ । त्यो रकम पनि खर्च हुन सकेको छैन ।

स्थानीयस्तरमा पाइने ढुंगा, गिट्टी, बालुवाको ढुवानी पनि महँगो हुने भएपछि उपभोक्ता
समितिहरूले सम्झौतामा चासो नदिएका हुन् । स्थानीय विकास अधिकारी तिवारीले बहुवर्षीय बाहेक अन्य योजनामा
म्याद थप्न नमिल्ने बताउनुभयो । चालू आर्थिक वर्षभित्रै योजनाहरु सम्पन्न हुन नसके विनियोजित बजेट
‘फ्रिज’ हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव