२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा अन्तराष्ट्रिय चिडियाखाना बनाउन पहल थाल्ने गृहमन्त्रीको भनाइ

२०७२, ३० पुष बिहीबार ११:१३

pokhara mahotsav 2

गिता राना मगर ।
पुस ३० , पोखरा । गृहमन्त्री शक्ति बहादुर बस्नेतले पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माणमा सरकारले
सक्दो सहयोग गर्ने वताएका छन । स्थानिय स्तरबाट चिडियाखाना निर्माणको काम अगाडी वढिसकेको सन्दर्भमा
यसलाई पूर्णता दिनका लागी सरकारको तर्फबाट पहलकदमी अगाडी वढाउने उनको भनाइ रहेको थियो ।

युनाइटेड क्लवको आयोजनामा आजबाट पोखराको अमरसिंह चौरमा सुरु भएको छैठौ
संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले पोखरामा अन्तराष्ट्रिय स्तरको
चिडियाखानाको शिलान्यास भइसकेको सन्दर्भमा सरकारी तवरबाट यसलाई पूर्णता दिनका लागी पहलकदमी थाल्ने
वताएका हुन । बस्नेतले पोखरामा बिकासका कामहरु शुरु भइरहेको र चिडियाखानाको बारेमा बनमन्त्री संग
सहकार्य गर्ने र संसदमा पनि यसवारेमा बहस थाल्ने उनको भनाइ रहेको थियो । पोखरामा चिडियाखाना संगै
अन्तराष्ट्रिय विमानस्थलको समेत काम अगाडी वढ्ने भएकाले पश्चिमाञ्चलको बिकासमा आफुहरु प्रतिवद्ध भएर
लाग्ने समेत वताए ।

pokhara mahotsav
कार्यक्रममा वोल्दै शालिमार सिमेन्टका अध्यक्ष तथा सार्क
क्षेत्र एसेम्बलीका सदस्य विरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले सरकारमा रहेका
मन्त्रीहरुले बिकासका कामलाई भन्दा कुर्चीको खेलमा लाग्दा मुलुकको अर्थतन्त्र अस्तब्यस्त भइरहेको वताउदै
यसवारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराए । पोखरा महोत्सवमा विगतको वर्षदेखि मुख्य प्रायोजकको भुमिका
निर्वाह गरी ऐतिहांसिक काममा सहभागी हुन पाउदा आफ्नो कम्पनी गौरवान्वित भएको वताउदै आगामी बर्षहरुमा
पोखरामा बन्ने चिडियाखानालाई सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

त्यस्तै कास्की क्षेत्र नम्बर दुइका माननीय सांसद शारदा पौडेलले पोखरामा चिडियाखाना निर्माणका
लागी सम्पूर्ण राजनैतिक दलहरु एकजुट भएकाले सरकारी स्तरबाट यसमा सहयोग आवश्यक रहेको वताए । त्यस्तै
एमाले कास्कीका अध्यक्ष कृष्ण बहादुर थापाले पछिल्लो समय बिकास निर्माणका काममा सरकारले त्यति चासो
नदेखाएको र कास्कीका क्षेत्र नम्बर एक र दुइ का सांसदले आफ्नो सांसद कोषको रकम चिडियाखानामा लगानी गर्न
सुझाव दिए । एकीकृत माओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले पोखराको बिकासमा आफुहरु सदैव सकारात्मक
रहेको र आगामी दिनमा पनि सम्पूर्ण राजनैतिक दलहरुसंग सहकार्य गरेर अगाडी वढ्न तयार रहेको वताए ।
पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाले पोखरामात्र नभइ समग्र पश्चिमाञ्चल बिकास क्षेत्रको
बिकासमा आफुहरु सकारात्मक रहेको र पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माणको काम अगाडी वढिसकेको र
त्यसमा सरकारी तवरबाट सहयोग भएमा आफ्नो तर्फबाट पनि यसको लागी पहलकदमी अगाढी वढाउने प्रतिवद्धता ब्यक्त
गरे ।

युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुन, क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष
सञ्जिव वहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन सन प्रजु, लेखनाथ उद्योग वाणिज्य संघका
अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा उपत्यका नगर बिकास समितीका पूर्व अध्यक्ष विश्व प्रकाश
लामिछाने, अमरसिंह नमुना उच्च माविका प्राध्यानाध्यापक केशव आचार्य, टोल विकास संस्था नगर समन्वय
समितीका अध्यक्ष्ँ उज्जवल केसी, नगर महिला समन्वय समिती पोखराका अध्यक्ष पवित्रा गुरुङ, प्रयोजकको
तर्फबाट सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी लगायतले महोत्सवको सफलताको कामना
सहित मन्तब्य राखेका थिए । क्लवका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा क्लवका उपाध्यक्ष सुक
वहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए ।

pokhara mahotsav 3

महोत्सवको पहिलो दिन पोखरा रंगशालाबाट शुरु भएको झाकी तथा र्यालीहरु सम्पन्न भएका छन । ६०
टीमको सहभागीता रहेको उक्त झाकी तथा र्याली प्रतियोगितामा झांकीतर्फ नेपाल मगर संघ रामबजार प्रथम,
बाझापाटन तमु समाज दोश्रो, दैबी शक्ति समुह तेश्रो र ल्याम्ह पुच रामबजारले सान्तवना स्थान हासिल गरेका
छन । प्रतियोगितामा पहिलो हुनेलाई दश हजार, दोश्रो हुनेलाई सात हजार , तेश्रोलाई चार हजार र सान्तवनाले
दुइहजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी महिला सहभागीता र्यालीमा ब्रह्मकुमारी इश्वरिय
बिश्वविद्यालय रामबजार प्रथम, दोश्रो जनप्रिय आमा समुह पोखरा १० र लम्जुङ समाज रामबजार तेश्रो र
भद्रकाली दिदीबहिनी समुह कुडहर, आदर्श आमा समुह ढुंगेसांघु र जलेश्वर आमा समुह काजीपोखरीले सान्तवना
स्थान हासिल गरेका छन । प्रतियोगितामा पहिलो दोस्रो तेश्रो र सान्तवना हुनेलाई क्रमश पहिलोलाई ४,
दोश्रोलाई ३ हजार तेश्रो २ र सान्तवनालाई एक एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो

महोत्सवको पहिलो दिन २ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने २० लाखको कारोवार भएको महोत्सवका
प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवको दोश्रो दिन लोकदोहोरी तर्फ रामजी खांड,
चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकर बिरही गुरुङ, विजय केसी, मञ्जु बिक र निशा पोख्रेलको प्रस्तुती
रहनेछभने पप ब्याण्ड तर्फ अभए एण्ड द स्टीम इन्जस र लोकल ब्याण्डको प्रस्तुती रहने आयोजकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन