९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

५ मंसिर २०७३, आईतवार ०४:२८

मङ्सिर ५, बाबियाचौर (म्याग्दी) । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । 

महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो । 

कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । साठी वर्ष पूरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ । 

ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सुरुमा ५० प्रतिशत छुट भनेर लेखिएको परिचयपत्र वितरण भए पनि पछिल्लो समय छुटमात्र लेखेको परिचयपत्र वितरण भएकामा गुनासो गर्नुभयो । परिचयपत्रमा कति छुट पाउने भन्ने विषयमा स्पष्ट उल्लेख नहुँदा ज्येष्ठ नागरिकलाई सुविधा उपभोग गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महिला विकास अधिकृत निर्मला शर्माले मन्त्रालयले छुटमात्र लेखेको छाप लगाएर परिचयपत्र वितरण गर्न मौखिक निर्देशन दिएकाले सोहीअनुसार गरिएको प्रतिक्रिया दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो