२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

परिवेश रोएको बेला लिएर राकेश मुस्कुराउँदै

२०७२, १८ माघ सोमबार ०९:४४

शिव न्याैपाने/ माघ १८, पाेखरा  ।
भूटानी नेपाली आम सञ्चार, साहित्य, गीतसङ्गीत, र समाजसेवामा अत्यान्त धेरै सक्रियता दिदै आएका
नेपाली भाषी भूटानी युवा प्रतिभा राकेश काफ्लेको परिवेश रोएको बेला रूबार्इ सङ्ग्रह अब चाँडै नेपाली
साहित्यको बजारमा आउने भएको छ । १२ दर्जन बढी रूबाइहरू सङ्गृहित हुने उक्त संग्रहको अमेरिकाको राजधानी
वासिङ्टन डिसिमा सम्पन्न हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २५ औं स्थापना दिवस – रजतजयञ्ती
समारोहमा  विमोचन तथा लोकार्पण हुने भएको छ ।

देवी
तिम्सिना प्रतिष्ठानले प्रकाशन गरेको “जोडेर सम्झना” सम्युक्त गजल एल्वम २०१४ र  नेपालको राजधानी
काठमाण्डाै स्थित सिडिएमए म्युजिक क्रियसनले बजारमा ल्याएको  एकल गीत गजलको सङ्गालो “तुलसी मञ्जरी” २०१५
को अपार सफलता पछि अमेरिकाको आइअोवाबासी तथा चर्चित कार्यक्रम भूटानी ढुक्ढुकीका निर्देशक राकेश
काफ्लेले “परिवेश रोएको बोला” रूबार्इ सङ्ग्रह बजारमा ल्याउन लागेको जनाएका छन् ।

कृतिकार राकेश काफ्लेले जनाउनु भए अनुसार “परिवेश रोएको बेला” रूबाइ
सङ्ग्रह एकजना प्रातस्मरणीय भूटानी नेपाली व्यक्तित्व स्वर्गीय नेत्रप्रसाद अर्थात एनपी रेग्मीमाथि
समर्पण गरिने छ । स्वर्गीय एनपी रेग्मीले भूटानमा र शरणार्थी शिविरमा रहँदा नेपाली भाषी भूटानी
बालबालिकाहरूलार्इ नेपाली भाषा र शिक्षामा अग्रसर गराउन अविष्मरणीय भूमिका नर्वाह गर्नु भएको नेपाली
भाषी भूटानी अगुवाहरू बताउँछन् । “उक्त कृतिको बेचविखानबाट प्राप्त भएको सम्पूर्ण रकम अमेरिकाको न्यू
हयाम्पसायर राज्यमा दर्ता भएको देवी दिम्सिना प्रतिष्ठानलार्इ अनुदान गरिने छ”, काफ्लेले आफ्नो
योजनालार्इ प्रकाश पार्दै भन्नु भयो ।

१९९०को दशकदेखि
नै नाटक लेखन, निर्देशन र संयोजनबाट भूटानी समाजमा राम्रो चर्चापरिचर्चा बटुलेका काफ्लेको नव कृतिको
आवरण चित्र अष्ट्रेलियाका शुप्रसिद्ध चित्रकार नवल खतिवडाले बनाउनु भएको छ भने आवरण सज्जा अमेरिकाको
बोष्टनका वरिष्ठ साहित्यकार सुरेश वाग्लेले तयार पार्नु भएको हो ।

नेपाली डायसपोरालार्इ मेरू दण्डमा मुखारित गरेर लेखिएका काफ्लेका रूबाइमा समकालिन
नेपाली डायस्पोराका विभिन्न प्रवृत्ति, चरित्र, आरोहअवरोह, सरोकार, सवाल लगायतका मार्मिक विषयबस्तुहरू
उठाइएको छ । उक्त प्रसङ्गमा कुरा गर्दै स्रष्टा काफ्लेले भन्नु भयो, “मैले विगत चारपाँच वर्षमा लेखेका
५०० जति रूबार्इहरू भूटानी माटोमा जन्मिएर डायस्पोरा स्तरको नेपाली साहित्यिमा उदयमान छबि नर्माण गरेका
साहित्यकार पुरानाघरेलार्इ बडिमा २०० छनोट गर्न र आवश्यक सम्पादन गर्न दिएको छु । म आशावादी छु कि यो
सङ्ग्रह  डायसपोरामा रहेका नेपाली साहत्यका पाठकहरूले अपेक्षा र प्रतिक्षा गरे अनुरूप नै बजारमा आउने छ
।”

उक्त रूबार्इ संग्रह प्रकाशन गर्नका निम्ति
अमेरिकामा रहनु भएका एक दर्जनबढी विभिन्न व्यवसायिक व्यक्तित्व र प्रतिष्ठित बुद्धीजिवीहरूले समेत लगानी
गर्ने बताइएको छ । स्मरण रहोस, भूटानी भजन गायक, संगीतकार तथा साहित्यकार गोविन्द फुयलको नेतृत्वमा
रहेको अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चले गतवर्ष प्रकाशन गरेको डायसपोराका नेपाली भाषी
भूटानीहरूको प्रतिनिधी तथा एेतिहासिक गजल संग्रह दबाइएका आवाजहरूको प्रकाशनमा स्रष्टा राकेश काफ्लेले
सक्रिय भूमिका निर्वाह गरेका थिए । कृतिका विषयमा प्रकाश पार्दै कृतिकार काफ्लेले आइअोवाबासी नेपाली
भाषी भूटानी कलाकारहरूको संस्था वाफीको सहयोगको तारिफ गर्दै सम्पूर्ण सहयोगी र दाताहरूमा आभार व्यक्त
गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !