१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

दलित बस्तीमा शैक्षिक अभियान सुरु

१० मंसिर २०७३, शुक्रबार ०९:३९

मंसिर १०, लहान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले आज सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान सुरु गर्नुभएको छ ।
विद्यालय बाहिर रहेका दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याई विद्यालय जाने वातावरण तयार गर्ने उद्देश्यका साथ दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको पूर्व सिँचाइ मन्त्री समेत रहनुभएका सांसद यादवले जानकारी दिनुभयो ।

ती बालबालिकालाई दिनको एक घण्टा पढाउन एक जना शिक्षकको समेत ब्यवस्था मिलाइएको जानकारी दिइयो ।

राजविराज नगरपालिकाको साथै आपसपासको बिभिन्न गाविसका दलित बस्तीमा समेत यो कार्यक्रमलाई निरन्तरता दिइने सांसद यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो