२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महिला हिंसा न्यूनीकरणसम्बन्धी अभिमुखीकरण

२०७३, १० मंसिर शुक्रबार १०:१०

मङ्सिर १०, कैलाली । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन धनगढीमा इलेक्ट्रिक रिक्सा चालकलाई ‘महिला हिंसा न्यूनीकरण’ बिषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

जिल्ला कानुनी सहायता समिति र सामुदायिक सहायता कानुनी केन्द्रद्वारा संयुक्त रुपमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा महिला हिंसा न्यूनीकरणमा इलेक्ट्रिक रिक्सा चालकले प¥याउनु पर्ने योगदानका विविध पक्ष प्रशिक्षण दिएको थियो ।

सो अवसरमा महान्यायाधीवक्ता कार्यालयका सह–न्यायधिवक्ता कृष्ण विसीले महिला हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला कानुनी सहायता समितिका संयोजक तथा जिल्ला न्यायाधीवक्ता लक्ष्मण उपाध्याय घिमिरेले रिक्सा चालक घरघरमा यात्रुलाई पु¥याउने भएकाले महिला हिंसा न्यूनीकरणमा उनीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

महिला हिंसाप्रति समाजलाई सचेत पार्न “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गीक हिंसारहित समाज” लेखिएको ब्यानर झन्डै एक सय १० वटा इलेक्ट्रिक रिक्सामा झुन्ड्याइएको छ ।

महिला तथा बालबालिका कार्यालय कैलालीकी महिला विकास अधिकृत पूजा काफ्लेले हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा महिला हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै