१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

महिला हिंसा न्यूनीकरणसम्बन्धी अभिमुखीकरण

१० मंसिर २०७३, शुक्रबार १०:१०

मङ्सिर १०, कैलाली । महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन धनगढीमा इलेक्ट्रिक रिक्सा चालकलाई ‘महिला हिंसा न्यूनीकरण’ बिषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

जिल्ला कानुनी सहायता समिति र सामुदायिक सहायता कानुनी केन्द्रद्वारा संयुक्त रुपमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा महिला हिंसा न्यूनीकरणमा इलेक्ट्रिक रिक्सा चालकले प¥याउनु पर्ने योगदानका विविध पक्ष प्रशिक्षण दिएको थियो ।

सो अवसरमा महान्यायाधीवक्ता कार्यालयका सह–न्यायधिवक्ता कृष्ण विसीले महिला हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला कानुनी सहायता समितिका संयोजक तथा जिल्ला न्यायाधीवक्ता लक्ष्मण उपाध्याय घिमिरेले रिक्सा चालक घरघरमा यात्रुलाई पु¥याउने भएकाले महिला हिंसा न्यूनीकरणमा उनीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

महिला हिंसाप्रति समाजलाई सचेत पार्न “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गीक हिंसारहित समाज” लेखिएको ब्यानर झन्डै एक सय १० वटा इलेक्ट्रिक रिक्सामा झुन्ड्याइएको छ ।

महिला तथा बालबालिका कार्यालय कैलालीकी महिला विकास अधिकृत पूजा काफ्लेले हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा महिला हिंसा न्यूनीकरणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो