महेन्द्र जिसी, पर्वत ।
२२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको  २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले  संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी, पर्वत ।
२२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको  २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले  संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गर"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरीवी विरुद्ध अभियान थालेको संस्थाकै कारण गरीवी मौलाएको गुनासो

२०७३, ११ मंसिर शनिबार ०९:११

महेन्द्र जिसी, पर्वत । २२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गरीवी विरुद्ध  काम गर्ने संस्थाले नै गरीवी  सृजना गराएको  बताएका हुन ।

वाणिज्य मन्त्री रोमी गौचनद्धार उद्धघाटीत सभामा सहभागिहुन आएका अधिकाँश महीलाहरुले  संस्थाले दिएको कर्जाले गरीवी नघटेको जनाएका छन । उनिहरुले   संस्थाले गाउँका अशिक्षीत र अर्ध शिक्षीत महीला दिदिबहीनीहरुलाई  कर्जा दिएर  चर्को व्याज अंशुल्ने गरेको बताएका हुन । 

संस्थाले आयोजना गरेको ¥यालिमा सहभागि हुन आएका  पर्वत मल्लाज माजफाँट गाविसकी  सृजनशिल आमा समुहका सदस्य   देवी कार्कीेले  संस्थाले  ग्रामीण भेगका अर्ध्शिक्षीत अशिक्षीत महीलाहरुलाई कर्जा दिएर उपयोग गर्न नजान्दा  थप  गरीवी  बढेको बताउनु भयो ।उहाँले  संस्थाले  १८ देखी  २० प्रतिशत व्याज अंशुल्दा  सहकारीको भन्दा पनि चर्को व्याज लाग्ने गरेको  दश बर्षे अनुभव सुनाउनु भयो ।

लघुवित्त  कारोवारको क्षेत्रमा काम गर्दै  आएको संस्थाले  उपलब्ध गराएको कर्जाको व्याज चर्को हुने गरेको  अधिकाँश सहभागिहरुले गुनासो गरेका हुन ।त्यस्तै ¥यालिमा सहभागि हुन आउनु भएकी  वाग्लुङ तीत्याङ की मिलन महीला समुहका सदस्य लक्ष्मी पौडेल संस्थाले घर दईलोमा सेवा दिने हुँदा कर्जा लिएको जनाउँदै संस्था मार्फत गरीवी न्युनीकरणका योजना नभएको जनाउनु भयो ।गरीवहरुसँग चर्को व्याज अंशुल्ने संस्थाले गरीवी न्युनीकरणको क्षेत्रमा काम नगरेको  पौडेलेको अनुभव  छ ।

 गाँउका महीलहरुलाई ऋण दिनेको नाममा संस्थाले लाखौ घोटाला  गर्दैै आएको   सहभागि महीलाहरुको आरोप छ ।  विना धितो सामुहीक जमानीमा ऋण दिँदै आएको संस्थाले समुह मार्फत जम्मा भएको रकमको समेत व्याज  अंशुल्ने गरेको सहभागि महीलाहरुको भनाई रहको हो ।  यता संस्थाले भने विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराएर  विना धितो ऋण उपलब्ध गाराउँदै आएको जनाएको छ । संस्थाका कार्यक्रम व्यवस्थापक उक्तम अधिकारीले  संस्थाले गरीवीहरुका लगि विभिन्न  शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउनु भयो ।  संस्थाले  समुहका महीलाहरुलाई सात दिने  तालिम दिएर ऋण प्रभाह गर्दै आएको अधिकारीको भनाई रहेको  छ ।

  पर्वत जिल्लामा अहिले संस्थामा    सात  शाखाहरु विस्तार भईसकेका छन  भने   सात करोड सम्म  लगानी गरीसकेको संस्थाले बताएको छ ।  लगानीको  २०  प्रतिशत व्याज लिएर व्यवास्थापकीय खर्च गर्दै आएको संस्थाले बताएको हो ।  संस्थामा  अहीले  १५ हजार महीलाहरु आबद्ध रहेको संस्थाले बताएको हो ।  यसरी कानुनी प्रकृया नजानेका   अर्ध शिक्षीत महीलाहरुलाई कर्जा उपलब्ध गराउँदा गरीवी न्युनीकरण हुन सकेको  छैन । वरु कर्जाकै कारण  गरीवी मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन