२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सडक जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती

२०७३, ११ मंसिर शनिबार ०९:४६

मङ्सिर ११, सखुवासभा । जिल्लाको पोखरी, आम्राङ, चौरीखर्के सडक जीर्ण हुँदैजाँदा त्यस क्षेत्रका बासिन्दालाई सास्ती भएको छ । 

पोखरी बजार हुँदै आम्राङ, चौरीखर्क जलजलासम्म जाने उक्त सडक २०६८ सालमा स्थानीय जनताबाट रु २५ लाख चन्दा सङ्कलन गरी निर्माण गरिएको थियो । 

साविक सिद्धपोखरी गाविसको वडा नं.२ देखि ७ र जलजला गाविसलाई जोडने १२ किलोमिटरको उक्त सडक निमार्ण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई आउनजान र त्यहाँको कृषि उपजलाई बजारसम्म पुरियाउन सहज भएका छन् । 

स्थानीय जनताको जिवनस्तरसंग गाँसिएका सडक भएकाले यसको स्तरोउन्नतिको लागि जिविस सखुवासभाबाट २०६८ सालदेखि २०७१ सालसम्म प्रतिवर्ष रु पाँच लाखको दरले बजेट विनियोजनसमेत गर्दै आएका छन् 

तर जिविसबाट बजेट विनियोजन हुन छाडेपछि अहिले त्यो सडकको अवस्था जीर्ण भएका छन् । मर्मतसम्भारको अभावमा उक्त सडकमा कतै पहिरो, कतै हिलाम्मे र कतै ठूला ठूला चट्टान निस्कँदा यातायातका साधन मात्र होइन, मानिसलाई पैदल हिँड्न समेत कठिन हुँदै गएको स्थानीय रामकुमार लिम्बू बताउनुहुन्छ । 

त्यस क्षेत्रका स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निमार्ण भएको सो सडक खण्डलाई हाल सरकारी निकायबाट चासो नदिँदा जीर्ण भएको दुखेसो स्थानीयवासीको छ । हिउँद महिनाको सुक्खा मौसममा समेत सडकमा पानी जमेर हिलाम्मे हुँदै जाँदा स्थानीय आफैले कुटोकोदालो लगायतका औजार लिएर बाटो मर्मतमा जुट्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा