१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

८१ प्रतिशत भुकम्प पिडितसँग अनुदान सम्झौता, ७१ प्रतिशतले पहिलो किस्ता पाए

१३ मंसिर २०७३, सोमबार ०८:३५

ताराबहादुर महत/मङ्सिर १३, दोलखा । राष्ट्रिय पुननिमार्ण प्राधिकरणले निजी आवास पुननिमार्णका लागि अनुदान सम्झौता र पहिलो किस्ता  रकम निकाशालाई तिव्रतापुर्वक अघि बढाएको छ । 

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज (मंसिर १३) सम्म भुकम्प अति प्रभावित १४ जिल्लामा ५ लाख ९ हजार २० (८१.३०५ )घरधुरीसँग अनुदान सम्झौता भएको छ । 

अनुदान सम्झौता भएका मध्ये ४ लाख ४४ हजार १ सय ८८ (७०.९५५ ) परिवारले पहिलो किस्ताको ५० हजार रुपिँयाका दरले रकम बुझिसकेको मन्त्रालयकी सहायक प्रवक्ता एवम सुचना अधिकारी मदन कोईरालाले जानकारी दिनुभयो । 

भुकम्प अति प्रभावित १४ जिल्ला मध्ये काठमाण्डौं उपत्यकाका तीन जिल्लामा पहिलो किस्ताको शुरु हुन सकेको छैन । भुकम्पबाट क्षतिग्रस्त आवास पुनिमार्णका लागि पहिचान गरिएका लाभगाहीहरुलाई बैंक मार्फत अनुदान वितरण गर्न पुनिमार्ण प्राधिकरणबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुसँग २०७३ जेठ १७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार स्थानिय र निकाय र बैंक तथा वित्तिय संस्थाहरुविच छलफल भई वित्तिय संस्थाहरुको क्लष्टरिङ गरी आफ्नो क्लष्टरमा परेका लाभग्राहीहरुलाई अनुदान वितरण भईरहेको छ ।

यसैबिच दोलखामा ४६ हजार ४ सय  ४४ घरधुरीसँग अनुदान सम्झौता भएकोमा ४५ हजार २ सय २१ परिवारले मात्र पहिलो किस्ताको ५० हजार रुपिँया बुझेका छन । दोलखामा ५१ हजार ७ सय ६२ घरधुरी लाभग्राहीको सुचीमा परेका छन भने २१ हजार ७ सय १२ जनाले आफ्नो घरधुरी लाभग्राहीको सुचीमा नपरेको भन्दै गुनासो दर्ता गरेका छन । 

त्यसैगरी रामेछापमा ४० हजार ९ सय ११, ओखलढुङ्गामा १८ हजार २ सय ३२ र सिन्धुपाल्चोकमा ७४ हजार ८ सय ७० घरधुरीसँग अनुदान सम्झौता भईसकेको छ भने क्रमस ः ३९ हजार ७ सय ५९, १७ हजार ८ सय ३६ र ७४ हजार १ सय ५२ घरधुरीले पहिलो किस्ताको ५० हजार रुपिँया बुझिसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु