दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । हाल देशमा केही दशक देखि स्थानीय जनप्रतिनिधि विहिन रहि गाविस सचिवको भरमा संचालन भैरहेका स्थानीय निकायको विकासे सेवा प्रवाह स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । हाल देशमा केही दशक देखि स्थानीय जनप्रतिनिधि विहिन रहि गाविस सचिवको भरमा संचालन भैरहेका स्थानीय निकायको विकासे सेवा प्रवाह स"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बिगत केलाउदा बर्तमानमा सम्मान पाए: सचिव थापा

२०७३, १३ मंसिर सोमबार १०:०५


दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । हाल देशमा केही दशक देखि स्थानीय जनप्रतिनिधि विहिन रहि गाविस सचिवको भरमा संचालन भैरहेका स्थानीय निकायको विकासे सेवा प्रवाह सधै अनियमितता, अपार्दशिता, अब्यवहारिक सेवा भएको भन्दै स्थानीय वासीबाट अधिकांश गाविस सचिवहरुले आरोप पत्यारोप खेपीरहेका बेला कालिकोटमा कार्यरत एक सचिवले फूलमाला अभिर सहित अपार मायाका साथ स्थानीय समुदायबाट विदाईपाएका छन् । 

जिल्ला सदरमुकाम मान्म देखि उत्तर तर्फ पर्ने सिपखान गाविसमा विगत ५ बर्षदेखि गाविस सचिवको रुपमा कार्यरत दैलेख जिल्ला रावतकोट ४ स्थायी घर भएका महेश कुमार थापालाई सिपखानाका स्थानीय वासीले एक विदाई कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन् । विगतका बर्षहरुमा खस्कीदो गाविसको अवस्थालाई तनमनका साथ आफ्नो जिम्मेवारी बहन गर्दै सिपखाना गाविसलाई जिल्लाकै एक नमुना योग्य गाविसको रुपमा स्थापित गराउन सफल भएको भन्दै गाविसका सम्पूर्ण बासिन्दा, राजनैतिक दल, बुद्धिजीवीहरुले ससम्मान सहित विदाई गरेका छन् । विगत ५ बर्ष देखि सिपखाना गाविसमा कार्यरतरहि गाविसबाट हुने हरेक सेवा छिटो छरितो, प्रभावकारी ढंगले संचालन गरेर विगतमा गाविसको खस्कीदो अवस्थालाई माथि उठाएको भन्दै स्थानीय वासीले सम्मान सहित विदाई गरेका हुन् । सचिव थापा हाल सिपखाना संगै जोडिएको गाविस स्यूनामा सरुवा हुन भएको छ ।

आफ्नै कार्यकालमा यहि मसिंर ११ गते जिल्लाकै पहिलो ९ औं गाउपरिषद सम्पन्न गर्ने गाविसको रुपमा चिनिएका सचिव थापाले यहि १३ गएको विदाई कार्यक्रममा बोल्दै विगत ५ बर्ष पहिले आफु सिपखाना गाविसमा आउदाको अवस्थाबारे म बताउन चाहन्न यतिमात्र भन्छु बिगत केलाउदा बर्तमानमा सम्मान पाए, आफ्नो कार्यकालमा भए गरेका काम र सफलताहरु सम्पूर्ण गाविसवासी दाजुभाई दिदी बहिनी, शिक्षक, बुद्धिजीवी स्थानीय राजनैतिकदलहरुको अतुलनिय सहयोगले आज गाविसलाई एमसिपीएम देखि लिएर गाविसका हरेक विकासे योजनाहरु पुरा गर्न सफल भएको भन्दै आज यसै गाविसका समुदायबाट फुलमाला सहित विदाई हुन पाउदा आफु सौभाग्य ठानेको बताउनु भएको छ । 

गाविसको हरेक सेवा प्रभावहमा स्थानीय समुदायहरुबाट पाएको सहयोग अब आउने सचिवले पनि पाओस् र यो गाविसबाट सरुवा भएर अर्को ठाउमा जादा मलाई जस्तै गरी यहाका समुदायहरुले विदाई गर्न पाउन भन्दै अब आउने सचिवको कार्यकाल सफलताको शुभकामना समेत दिनु भएको छ । 

नेकपा एमाले जिल्ला कमिटि सदस्य दयाराम सिमखाडाको प्रमुख आथित्यतामा आयोजित विदाई कार्यक्रममा स्थानीय स्तरमा कृयाशिल सम्पूर्ण राजनैतिकदलहरुले विदाईको शुभकामना दिएका छन् भने नयाँ आउने सचिवलाई समेत स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन